दक्षिण कोरियामा कोरोना संक्रमित दैनिक बढ़दो,एकैदिन ३ जनाको मृत्यु, यस्तो छ अहिलेसम्मको तथ्यांक:-

कोरिया समाचार

सुनील के. रानाभाट,

दक्षिण कोरियामा गत २४ घण्टामा थप ३७७ जनामा कोभिड १९ को संक्रमण देखिएपछि यहाँ कोरोना भाइरस कुल संक्रमितको संख्या ३४ हजार २०१ पुगेको छ ।

हालसम्म भएका कुल संक्रमित मध्ये २७ हजार ६५३ जना कोरोना मुक्त भएका पनि यहाँको स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् ।

दक्षिण कोरियामा आन्तरिक रुपमा कोरोना संक्रमण हुनु भन्दा पनि बाहिरी देशबाट आएका व्यक्तिहरुमा भएको संक्रमणका कारण देशभित्रका व्यक्तिहरुलाई सरेको जानकारी दिइदै आएको छ ।

दक्षिण कोरियामा कोरोना शुरु भएयता हालसम्म यस संक्रमणको कारण ५२६ जनाको मृत्यु भएको छ । अहिले कोरियामा ६ हजार २२ जना सक्रिय सङ्क्रमित छन ।

कोरोना भाइरस संक्रमणको कारण विश्वमा ६ करोड ३० लाख ७२ हजार १ सय ५ व्यक्ति संक्रमित भएका छन् । गत वर्षको डिसेम्बरबाट चीनको हुबे प्रान्तको वुहान शहरबाट शुरु भएको यस कोरोना संक्रमणको कारण विश्वमा १४ लाख ६५ हजार १ सय ८६ व्यक्तिको मृत्यु भईसकेको छ ।

संक्रमण भएका मध्ये ४ करोड ३५ लाख ४६ हजार २ सय ३६ व्यक्ति कोरोना मुक्त भएका अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जानकारी दिएको छ । हाल बिश्वमा १ करोड ८० लाख ६१ हजार ४ सय ८३ जना सक्रिय सङ्क्रमित रहेका छन ।

नेपालमा अहिलेसम्म २ लाख ३१ हजार ९ सय ७८ जना कुल संक्रमित रहेका छन। जसमध्ये २ लाख १२ हजार ५ सय ९० जना निको भएका छन भने १७ हजार ९ सय ९ सक्रिय संक्रमित रहेका छन । नेपालमा हालसम्म १ हजार ४ सय ७९ जनाको कोरोनाको कारण ज्यान गएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *