सोल
दक्षिण कोरियाको एक कुखुरा फारममा अत्यन्तै खतरनाक एभियन फ्लु पाइएको दक्षिण कोरियाली कृषि मन्त्रालयले बताएको छ ।
राजधानी सोलबाट करिव २७० किलोमिटर दक्षिण पुर्वमा रहेको ख्वाङ्जु मा रहेको अण्डा उत्पादन गर्ने फारममा उक्त फ्लुका जिवाणु पाइएको हो ।
मन्त्रालयका अनुसार उक्त फारममा करिव १ लाख ८८ हजार बढी कुखुरा रहेका छन् । उक्त फारम वरपर समेत अन्य फारमहरु रहेका छन् । मन्त्रालयले उक्त बर्ड फ्लु एभियन फ्लु नै भएको प्रमाणित गर्न भने केही दिनको समय लाग्ने बताएता पनि सम्पुर्ण लक्षणहरु एभियन फ्लुकै भएको बताएको छ ।
दक्षिण कोरियामा गत शनिबार मात्र यस बर्षको पहिलो एभियन फ्लु एक हाँस पालन केन्द्रमा पाइएको थियो । उक्त फ्लु सन् २०१८ को मार्च पछाडि दक्षिण कोरियामा पाइएको पहिलो खतरनाक फ्लु समेत रहेको थियो ।
एभियन फ्लु एकदमै खतरनाक रहेको र यसको संक्रमण पश्चात सिकिस्त बिरामी हुने देखी मृत्यु सम्म हुने भएका कारण सावधानी अपनाउन सरकारले नागरिकलाई अनुरोध गरेको छ भने सरकारले उक्त भाइरस नियन्त्रणका लागि सक्दो पहल गर्ने समेत बताएको छ ।Hotpati