सिओल
दक्षिण कोरियामा लामो समय देखि बसोवास गर्दै आइरहेका बिपिन गुरुङ सियोल महा नगरपालिकाले प्रदान गर्ने मानार्थ नागरिकताले सम्मानित भएका छन् l
सियोल महानगरले हरेक बर्ष बिदेशी नागरिकलाई सामाजिक कार्यमा बिसेष योगदानको आधारमा मानार्थ नागरिकता प्रदान गर्ने गर्दछ l उनलाई महा नगरले एक कार्यक्रमका बीच मानार्थ नागरिकताले सम्मानित गरेको हो l
उनि संगै दक्षिण कोरियामा करिब एक दर्जन नेपाली मानार्थ नागरिकताले सम्मानित भैसकेका छन् l
को हुन् गुरुङ
बिगत २० बर्ष देखि कोरियालाई कर्मथलो बनाउदै आएका बिपिन गुरुङ कुशल ब्यावसायी पनि हुन् l उनले राजधानी सियोल स्थित दोंग्देमुनमा दर्शन नमस्ते रेष्टुरेन्ट संचालन गर्दै आइरहेका छन् l उनले एन आर एन कोरियाको सदस्य , उपाध्यक्ष हुदै बरिष्ट उपाध्यक्षको कार्यभार समेत समालेका थिए l नेपालमा बाग्लुंग जिल्ला घर भएका गुरुङ बागलुंग सम्पर्क समिति दक्षिण कोरियाका संरक्षक पनि हुन् l उनले यस भन्दा पहिला पनि कोरियाका पुर्व समामुख द्वारा अवार्ड प्राप्त गरेका थिए l
आफ्नो सामाजिक योगदानलाई उच्च मुल्यांकन गर्दै मानार्थ नागरिकताले सम्मानित गरेकोमा सियोल महानगरपालीका प्रति कृतज्ञता ब्याक्त गर्दै यो सम्मानले नेपाल र नेपालीको हितमा काम गर्न थप हौसला मिलेको उनि बताउछन l हेल्लो नेपाल कोरिया डट कम संगको कुराकानीमा उनि भन्दछन “बीस बर्ष लामो कोरिया बसाइ अबधिमा मैले आफ्नो छवी धमिलिने काम कहिले गरेको छैन l प्रवासमा रहेतापनि नेपाल र नेपालीको हितमा सक्दो काम गर्दै आइरहेको छु र आगामी दीनमापनि गर्ने छु ”
हेनेको सम्वाददाता