सिओल
दक्षिण कोरियामा आईतबार ९ महिना यताकै सबैभन्दा धेरै कोभिड-१९ का संक्रमित थपिएका छन् ।
कोरिया रोग नियन्त्रण तथा रोकथाम विभागका अनुसार गएको २४ घन्टामा ६ सय ३१ जना नया संक्रमित थपिएसंगै कुल संक्रमितको संख्या ३७ हजार ५ सय ४६ पुगेको छ ।त्यस्तै उक्त समयमा मृत्यु हुनेको संख्या ५ छ ।
आईतबार थपिएका संक्रमित मध्ये ६ सय १० जना स्थानीय छन् भने विदेशबाट संक्रमित भै आउनेको संख्या २१ छ ।उक्त संख्या बिगत ९ महिना देखि यताकै सबैभन्दा उच्च हो ।यसरि नया संक्रमित थपिनेमा अन्य ठाउको तुलनामा राजधानी सियोल तथा आसपासका क्षेत्रमा बढी छ ।
केहि दीन यता कोभिड- १९को तेस्रो लहरले महामारीको रुप लिन थालेपछि सरकारले २ लेबलको सामाजिक दुरीलाई कडा पार्दै रात्री क्लब, बार , होटेल ,रेस्टुरेन्ट तथा मानिसको बिसेष भिडभाड हुने स्थानहरुलाई उच्च निगरानीमा राखेको छ l त्यसैगरी सियोल आसपास चल्ने मेट्रो ट्रेनहरुलाई रति ९ बजे पछी ३० प्रतिशत कम गर्ने बताएको छ l