दक्षिण कोरिया सरकारद्वारा करिव साढे ४ करोड डोज कोरोना विरुद्धको खोप ल्याउने पक्का

कोरिया समाचार

सोल

दक्षिण कोरियाली सरकारले कोरोना नियन्त्रणका लागि ४ करोड ४० लाख डोज कोरोना विरुद्धको खोप ल्याउने निश्चय गरेको छ ।

आगामी फेब्रुअरीबाट उक्त खोप ल्याइने सरकारी अधिकारीले मंगलबार बताएका छन् ।सरकारले आष्ट्राजेनेकासँग १ करोड डोज, मोड्रेनासँग अर्को १ करोड, फाइजरसँग ४० लाख डोज तथा कोभ्याक्स मार्फत थप १ करोड डोज खोप लिने सम्झौता गरिसकेको छ ।

बाँकी खोप पनि अष्ट्राजेनेकासँगै खरिद गर्ने प्रकृया भइरहेको र उक्त खोप आगामी बर्षको अन्त्यसम्ममा ल्याईसकिने सरकारी अधिकारीले बताएका छन् ।दक्षिण कोरियाली सरकारले ३ करोड ६० लाख डोज खोप उच्च प्राथमिकताका आधारमा लगाउने बताएको छ ।

बाँकी ८० लाख डोज खोप भने बिक्री गरिने बताइएको छ । प्राथमिकताका आधारमा बृद्ध उमेर समुह, स्वास्थ्य समुह तथा सुरक्षाकर्मीहरु रहेका छन् । १८ बर्ष मुनिका बालबालिकाहरु भने सरकारको उक्त खोप कार्यक्रममा समावेश गरिएका छैनन् ।

१८ बर्ष मुनिका बालबालिकाहरुमा हालसम्म कुनै पनि खोपको परिक्षण नगरिएकाले उनीहरुलाई उक्त खोप कार्यक्रममा समावेश नगराइएको सरकारी अधिकारीहरुले बताएका छन् । यता बेलायत, जापान तथा जर्मनीले भने खोप कार्यक्रम सम्पुर्ण नागरिकका लागि सञ्चालन गर्ने बताइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *