दक्षिण कोरियामा सेल्फ क्वारेन्टिन नियम नमान्ने एकजनालाई चार महिनाको जेल सजाय

कोरिया समाचार

सोल

दक्षिण कोरियामा क्वारेन्टिन नियमको उल्लङ्घन गर्द बाहिर घुमफिरमा निस्केका एक युवकलाई स्थानिय प्रशाशनले चार महिनाको जेल सजाय सुनाएको छ ।

होम आइशोलेशनमा बस्दै आएका उनी दुइपटक आइशोलेशन छोडेर बाहिर निस्केको पाइएको प्रहरीले बताएको छ । देशको रोग तथा प्रकोप नियन्त्रण केन्द्रले दिएको जानकारी अनुसार २७ बर्षका ति ब्यक्तिले सरकारको कोरोना नियन्त्रण अभियान अन्तरगतको निर्देशिकाको उल्लङ्घन गरेका कारण उनलाई जेल सजाय तोकिएको हो ।

उत्तरि सोलको उइजेङ्बु स्थित जिल्ला अदालतले एक पटक नियन्त्रणमा लिएर आश्रममा राख्दा पुनः भाग्ने प्रयास गरेका कारण उनलाई जेलमा राखिएको बताएको छ ।

अदालतले ति युवक कडा भन्दा कडा सजायका भागिदार भएको समेत बताएको छ । देशमा कोरोना संक्रमण दर उच्च बिन्दुमा पुगेका बेला उनी जस्ता युवाबाट त्यस किसिमको गतिविधि हुनु अत्यन्तै दुखद भएको बताउदै उनलाई कानुनी उपचारको बिकल्प नरहेको समेत अदालतले स्पष्ट पारेको छ ।

अस्पतालबाट होम क्वारेन्टिनमा पठाइएका उनी जम्मा दुई दिन मात्र घर बसेर बाहिर घुम्न निस्केका थिए । सो क्रममा उनी मसाज पार्लर , बिभिन्न स्टोर्स तथा अन्य भीडभाडयुक्त क्षेत्रहरुमा समेत घुम्न निस्किएका थिए ।Hotpati

Leave a Reply

Your email address will not be published. Required fields are marked *