सोल
दक्षिण कोरियाली सरकारले आज एक आकस्मिक सुचना जारी गर्दै देशभरका सम्पुर्ण अस्पतालहरुलाई आइसियु बेड संख्या बृद्धि गर्न निर्देशन दिएको छ ।
निजी अस्पतालहरुमा कोरोनाका बिरामीहरुलाई उपचार गर्ने आइसियु बेडको संख्या कम भएको ठहर गर्दै सरकारले उक्त निर्देशन दिएको हो ।
सरकारले यस किसिमको निर्देशन पहिलोपटक ल्याएको बताउदै केन्द्रिय महामारी नियन्त्रण बिभागका एक अधिकारीले हाल अस्पतालहरुमा भइरहेको शैय्या अभावको समस्यालाई सम्बोधन गर्न उक्त निर्देशन प्रभावकारी हुने बताएका छन् ।
सरकारको उक्त निर्देशन पश्चात मुलुकभरका उत्कृष्ठ अस्पतालहरुले कम्तिमा पनि आफ्नो अस्पतालमा रहेका शैयाहरु मध्ये १ प्रतिशत आइसियु बेड निर्माण गर्नु पर्ने हुन्छ । यसबाट अत्यन्त गम्भिर प्रकृतिका बिरामीहरुको उपचारमा थप सहयोग हुने स्वास्थ्य अधिकारीहरुले बताएका छन् ।
हालको सरकारी निर्णयबाट देशभर कम्तिमा पनि ३०० आइसियु बेड थपिने अधिकारीहरुले बताएका छन् ।
हाल दक्षिण कोरियामा ५८० जना कोरोनाका बिरामीहरु भर्ना हुन नपाइ घरमा नै बसिरहेको बताउदै सरकारको उक्त कदमले थप बिरामीहरुलाई अस्पतालमा राख्न सहज हुने समाचारमा बताइएको छ ।