सोल
दक्षिण कोरियाली ध्वजा बाहक तेल ट्याङ्कर इरानको कब्जामा रशेको मध्यपुर्वका सञ्चार माध्यमहरुले बताएका छन् ।
रसायनको प्रयोग गरि आफ्नो क्षेत्र प्रदुषित बनाएको भन्दै इरानी क्रान्तिकारी सेनाले उक्त ट्याङ्कर नियन्त्रणमा लिएको इरानी सञ्चार माध्यमहरुले बताएका छन् ।
हानुक चेमी नाम गरेको उक्त ट्याङ्कर केही समयबाट इरानको नियन्त्रणमा रहेको समुद्री क्षेत्रमा पाइएको बेलायती ट्राकरहरुले बताएका छन् । उक्त पानीजहाज इरानले नियन्त्रणमा लिएर आफ्नो क्षेत्र तर्फ लगेको बताएका छन् ।
अधिकारीहरुका अनुसार डिएम सिपिङ कम्पनिको उक्त ट्याङ्कर साउदी अरबबाट पेट्रोलियम पदार्थ लिएर दक्षिण कोरियाका लागि छुटेको थियो । उक्त ट्याङ्कर इरानमा नियन्त्रणमा रहेको ट्याङ्करको आधिकारिक कम्पनिले वेवसाईट मार्फत जानकारी दिएको छ ।
हालसम्म उक्त पानी जहाज नियन्त्रण गर्नुको कारण स्पष्ट रुपमा इरानबाट नआएको बताउदै दक्षिण कोरियाली अधिकारीहरुले सो बिषयमा अनुसन्धान भइरहेको बताएका छन् ।Hotpati