दक्षिण कोरियाली बहुरास्ट्रिय कम्पनी सामसङ प्रमुखलाई भ्रष्टाचार मुद्दामा साढे दुई बर्ष जेल सजाय

कोरिया समाचार

सोल

दक्षिण कोरियाको एक अदालतले भ्रष्टाचार मुद्दामा फैसला गर्दै सामसुङ कम्पनि प्रमुख ली जाई योङलाई साढे दुई बर्षको जेल सजाय तोकेको छ ।

पुर्व राष्ट्रपति पार्क ग्युन हाईको भ्रष्टाचार मुद्दाको अनुसन्धानका क्रममा उनलाई घुस दिएको पाइए पश्चात सामसुङ प्रमुख लीलाई उक्त सजाय सुनाइएको हो ।

सोल उच्च अदालतका अनुसार कम्पनिको उत्तराधिकारी बन्नका लागि सहजता अपनाउन सहयोग गर्न पुर्व राष्ट्रपति तथा उनकै बहिनी चोई सोन सीललाई घुस दिएको आरोप ली माथि लगाइएको थियो ।

आरोप प्रमाणित भए लगत्तै उनलाई जेल पठाइएको अदालतले जानकारी दिएको छ ।सामसुङ प्रमुख पार्क यस अघि पनि सन् २०१७ मा भ्रष्टाचार मुद्दामा नै पाँच बर्ष जेल सजाय पाइसकेका ब्यक्ति हुन् ।

उनले सो समयमा आफू अनुकुल निर्णयका लागि २७.४ मिलियन अमेरिकी डलर घुस दिएको पाइएको थियो । नतिजा आफ्नो पोल्टामा आए थप रकम दिने उनले बाचा गरेका थिए । कम्पनि प्रमुख भए लगत्तै उनले थप रकम घुस दिएको अदालतको फैसलामा उल्लेख छ ।

यता उनका पक्षधरहरुले भने कोरोना भाइरसबाट थलिएको कम्पनिका कतिपय आर्थिक मुद्दाहरुमा छलफल गर्न तथा निति तथा योजना तर्जुमा गर्नु पर्ने भएका कारण जेल सजाय रोक्न पहल गरेका थिए ।

ब्यापारिक अधिकारीहरु सम्मिलित उक्त बहस पश्चात आएको फ‌ैसला लगत्तै लीलाई हिरासत लगिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *