दक्षिण कोरियाले आगामी सेप्टेम्बर सम्ममा ७० प्रतिशत जनसंख्यामा कोरोना बिरुद्धको खोप लगाइसक्ने

कोरिया समाचार

सोल

दक्षिण कोरियाले आगामी महिनाबाट सुरु गर्ने कोरोना भाइरस विरुद्धको खोप कार्यक्रम आगामी सेप्टेमबर सम्म पुग्दा देशको ७० प्रतिशत जनसंख्यामा पुर्याउने भएको छ ।

एक सरकारी अधिकारीले दिएको जानकारी अनुसार सरकारले खोप कार्यक्रम फेब्रुअरीबाट सुरु गर्दै छ ।कोरियाली रोग तथा प्रकोप नियन्त्रण केन्द्र केसिडिसीका अनुसार प्रतिरक्षा प्रणाली बृद्धि गराउने उक्त खोप कार्यक्रम देशब्यापी सञ्चालन गरिने छ ।

सरकारले हाल विश्व स्वास्थ्य संगठनको प्रत्यक्ष निगरानीमा रहेको कोभ्याक्स मार्फत ५ करोड ६० लाख डोज खोप सुरक्षित गरिसकेको समेत अधिकारीले बताएका छन् ।

हाल सरकारले थप २ करोड डोज खोपका लागि अमेरिकी खोप निर्माता कम्पनि नोभाभ्याक्स सँग सम्झौता भएको समेत बताएको छ । यससँगै सरकारले देशको कुल जनसंख्या ५ करोड २० लाखका लागि खोप शुनिश्चित गराएको सरकारी अधिकारीले बताएका छन् ।

सरकारले कोरोना नियन्त्रणमा अग्रपङ्तिमा खटिने स्वास्थ्य तथा सुरक्षा अधिकारीहरुलाई पहिलो चरणमा, ६५ बर्ष माथिका तथा अन्य मेडिकल कर्मीहरुलाई दोशेरो चरणमा खोप लगाउने भएको छ ।

१९ बाट ६४ बर्ष उमेर समुहका अन्य ब्यक्तिहरुलाई तेश्रो चरणमा खोप लगाइने अधिकारीहरुले बताएका छन् ।Hotpati

Leave a Reply

Your email address will not be published.