कोरोना असर, कोरियाको अर्थतन्त्र १ प्रतिशतले खुम्चियो।

कोरिया समाचार

सिओल

सन् २०२० मा दक्षिण कोरियाको अर्थतन्त्र अघिल्लो बर्षको तुलनामा १ प्रतिशतले खुम्चिएको छ।

विश्वब्यापी रुपमा भैलिएको कोरोना भाईरसको महामारीका कारण कोरियाली अर्थतन्त्र दुई दशक अघि सन् १९९७ को एशियन आर्थिक मन्दिपछि पहिलो पटक खुम्चिन पुगेको हो।

कोरियाको औषत आन्तरिक उत्पादन १ प्रतिशतले घट्न गएको छ, जुन बैंक अफ कोरियाले गत नोभेम्बरमा अनुमान गरेको १.१ प्रतिशतभन्दा कहि राम्रो रहन गयो। यो आँकडा सन् १९९८ को ५.१ प्रतिशत पछिको नराम्रो हो।

कुल ग्राहस्थ उत्पादन बर्षको पहिलो त्रैमासमा १.३ प्रतिशतले घटेको थियो भने दोश्रो त्रैमासमा ३.२ प्रतिशतले घटेको थियो। तर तेश्रो त्रैमासमा आईपुग्दा कुल ग्राहस्थ उत्पादनमा २.१ प्रतिशतको सुधार देखियो। चौथो त्रैमासमा सम्हालिँदै १.१ प्रतिशतको सुधार देखियो।

कोरियाली अर्थतन्त्र मुख्यगरी उत्पादनमुलक क्षेत्रले धानेको छ। यसमा सेवा र पर्यटनको हिस्सा तुलनात्मक रुपमा कम छ जसले गर्दा कोरोना भाईरस महामारीले त्यति ठूलो असर गर्न सकेेेेन। यदि सेवा र पर्यटन क्षेत्रमा आधारित अर्थतन्त्र हुन्थ्यो भने ठूलो क्षति ब्यहोर्नुपर्थ्यो।

कोरियाको कन्द्रिय बैंकका तथ्याङ्क डिपार्टका प्रमुखले भनेका छन् -“कोरियाले सुरुदेखि नै कोरोना भाईरस फैलन नदिन अपनाएको कठोर क्वारेनटीनले पनि कोरियाको जिडीपी बिग्रन नदिन ठूलो सहयोग गर्यो। उनले भने अझै कोरियाको अर्थतन्त्र पहिलेको जस्तै सामान्य अवस्थामा फर्किसकेको छैन।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *