सिओल
दक्षिण कोरियामा रहेका नेपालीहरुले ठुलो खोला जलबिधुत आयोजनामा लगानी गर्न पाउने भएका छन् l हाल निर्माण कार्य शुरु भैसकेको उक्त २१ .३ मेगावाट क्षमताको लक्ष रहेको उक्त जलबिधुत आयोजनामा कोरियामा रहने नेपालीले लगानी गर्न पाउने सुचना प्रकाशित भएको छ l
जारि सुचना यस्तो छ l
गत डिसेम्बर १३ तारिखमा एनआरएनए कोरिया द्दरा आयोजित “नेपालमा लगानी, आत्मसम्मान र दिगो आम्दानी” बिषयक एक दिने लगानी सम्मेलनका क्रममा प्रस्तुत गरिएको म्याग्दी जिल्ला “कुइनेमंगले गाउँ पालिकामा” निर्माण भैरहेको “ठुलो खोला जलबिद्युत आयोजना” मा लगानी गर्न इच्छुक महानुभावहरुलाई यो सूचना जारी गरिएको हो।
प्रति मेगावाट निर्माण खर्च १७.३ करोड रहेको २१.३ मेगावाट क्षमताको सो परियोजनाले बिधुत विकास बिभागबाट बिधुत उत्पादन प्रमाणपत्र,नेपाल बिधुत प्राधिकरण संग खरिद- बिक्री सम्झौता लगायतका सम्पूर्ण आवश्यक प्रमाणपत्र प्राप्त गरि नेपाल बैंकको नेतृत्वमा नेपाल बाणिज्य बैंक, एभरेस्ट बैंक, सिद्दार्थ बैंक तथा सन राइज बैंकबाट लगानी जुटाई हाल निर्माण कार्य शुरुवात भइ सकेको र परियोजनाको उत्पादित बिधुत दाना सब स्टेसनमार्फत राष्ट्रिय प्रसारण लाईनमा जोडिने जानकारी गरिन्छ।
सन् २०२३ को जुन मसान्तसम्म पुरा हुने लक्ष्य राखिएको प्रस्तुत परियोजनामा विभिन्न देशमा बस्ने गैर आवासीय नेपालीहरु तथा नेपाली लगानीकर्ताहरुबाट प्रारम्भिक लगानी गरिने र यस परियोजनाको नेतृत्व गैर आवासीय नेपाली संघका केन्द्रीय उपाध्यक्ष्य डा.बद्री के.सीले गर्नु भएको र लगानीकर्ताले आफुले कबुल गरेको रकम तपशिल अनुसारको किस्ता गरि बुझाउनु पर्ने जानकारी गरिन्छ।
पहिलो किस्ता : ३०% – २८ फेब्रुअरी २०२१ सम्म,दोश्रो किस्ता: ३०%- ३१ मार्च २०२१ सम्म,तेश्रो किस्ता: २०%- ३१ डिसेम्बर २०२१,अन्तिम किस्ता: २०%-३१ मार्च २०२२ सम्म
प्रस्तुत परियोजनामा न्युनतम १० लाख रुपैयाबाट लगानी गर्न सकिने र लगानी गर्न इच्छुक महानुभाबहरुले २५ जनवरीदेखि १० फेब्रुअरी २०२१ सम्म निम्न व्यक्तिहरुलाई सम्पर्क गर्न अनुरोध गरिन्छ।
सम्पर्क सम्पर्क ब्यक्तिहरु :
परियोजना प्रमुख : डा बद्री के सी उपाध्यक्ष NRNA ICC,दक्षिण कोरियाको लागि जन सम्पर्क:डा.शरण हरि श्रेष्ठ : ०१०-८४९०-५३४४,श्रीमती लक्ष्मी लामा गुरुङ : ०१०- २०७८ -६६४९,श्री प्रशान्त राज बानिया: ०१० -६८२३ -२४४४,श्री श्याम सुबेदी : ०१०-७४३४-३४७६,श्री किसन गौतम: ०१०-६३०४-३९१२
प्राविधिक जानकारीको लागि:श्री कुशाङ शेर्पा : ०१०-२६२९-२११०,डा. विनायक भण्डारी: ०१० ५१९६ ७७७४,ब्यबस्थापन सम्बन्धि जानकारीको लागि :श्री यज्ञ राज सुबेदी : ०१०-६३००-०९०२,डा. विमल सुबेदि : ०१०-८४०८-२१३५,डा. देबि ब बस्नेत : ०१०-२३४३-४७२५नोट : प्रकाशित सुचनामा NRNA KOREA को कुनै पनि संस्थागत संलग्नता नरहेको जानकारी गरिन्छ ।