सिओल
दक्षिण कोरियाको ख्यङ्गीदो प्रदेशले कोरोना महामारीको राहत स्वरुप अर्को महिनाबाट हरेक नागरिकलाई १ लाख वन दिने भएको छ।
यो सहयोग ख्यङ्गीदो प्रदेशमा बसोबास गर्ने कोरियन सहित सबै बिदेशीले पाउनेछन्। कोरोना भाईरस महामारीका कारण मानिसको दैनिक जिवनमा पर्न गएको कठिनाईलाई सहयोग होस् भन्ने उदेश्यका साथ यो राहत दिन लागिएको हो।
कोरियाको राष्ट्रिय मानव अधिकार आयोगलेे ख्यङ्गिदो प्रदेशभित्र बसोबास गर्ने बिदेशी नागरिकसहित सबैलाई नगद राहत सहयोग उपलब्ध गराउन सुझाब दिएपछि ख्यङ्गीदो सरकारले यो कदम चालेको हो।
कोरोना राहतस्वरुप गत बर्षको मार्च महिनामै सउल र ख्यङ्गीदो प्रदेशले नगद बाँडेका थिए तर त्यस बेलाको राहत कार्यक्रममा बिदेशी नागरीकलाई समावेश गरिएको थिएन।
तर राष्ट्रिय मानव अधिकार आयोगले उक्त राहत कार्यक्रममा विदेशि नागरिकहरुलाई पनि समावेश गर्न दिएको सुझाबलाई स्विकार्दै सउल प्रदेशले पछि सबै विलेशीहरुलाई पनि राहत उपलव्ध गराएको थियो। तर त्यसबेला ख्यङ्गगीदो प्रदेशले भने बजेट अभाब र समन्वय गर्न अप्ठेरो भन्दै विदेशीलाई राहत बाँडेको थिएन।
कोरियाको राष्ट्रिय मानव अधिकार आयोगले बिदेशीले पनि कोरियन नागरिक सरह प्रान्तिय सरकारबाट पाउनुपर्ने सुविधा पाउनुपर्छ भन्ने कुरा स्थानिय स्वायत्त कानुनमा रहेको भनि सुझाव दिएपछि विदेशीहरुलाई पनि राहत बाँड्न थालिएको हो।
यो संगै ख्यङ्गी प्रदेशमा बसोबास गर्ने करिब ५ लाख ८० हजार लाभान्वित हुनेछन्। यो सहयोग पाउनका लागि अप्रिल १ देखि ३० गतेसम्म आवेेदन गर्न सकिनेछ।
प्रदेश सरकारबाट पाइने १ लाख वन बराबरको नगद सहयोग रकम जुन ३० तारिखसम्म खर्च गरिसक्नुपर्ने प्रावधान रहेको र जुन ३० सम्म पनि खर्च नगरे उक्त रकम ख्यङ्गी सरकारकै खातामा फिर्ता हुने कुरा बताईएकोो छ।