कोरियामा अबैधानिक विदेशीले समेत कोभिड १९ भ्याक्सिन निशुल्क प्राप्त गर्ने

कोरिया समाचार

किशन गौतम

दक्षिण कोरिया सरकारले यहि फेब्रुरी देखि शुरु गर्न लागेको कोभिड- १९ भ्याक्सिन यहाँ रहने सम्पूर्ण बैधानिक तथा अबैधानिक बिदेशी नागरिकले निशुल्क प्राप्त गर्ने भएका छन् l

कोरिया रोग नियन्त्रण तथा रोकथाम विभागका प्रमुख जेओङ् इउन -क्योंगक ले मंगलवार एक कार्यक्रममा बोल्दै कोरियन नागरिकलाई दिईने र बिदेशी नागरिकलाई दिइने भ्याक्सिनमा कुनै भेदभाव नहुने बताए l अबैधानिक भएतापनि ढुक्कले भ्याक्सिन लगाउन समेत आग्रह गरे l

दक्षिण कोरियामा हाल ४ लाख भन्दा धेरै बिदेशी कामदार अबैधानिक छन् l न्याय मन्त्रालयका अनुसार कोरियामा बसोबास गर्दै आएका अबैधानिक बिदेशी नागरिकले शंका लागेमा निशुल्क रुपमा कोरोना परिक्षण समेत गर्न पाउने छन् l साथै यसरि परिक्षण गर्न उनीहरुको परिचय समेत खोल्नु पर्दैन l

कोरियाले आगामी महिना देखि पहिलो चरणको कोरोना भ्याक्सिन लगाउने तयारि गरेको छ l पहिलो चरणमा फ्रन्ट लाइनमा काम गर्ने स्वास्थ्य अधिकारीहरुले उक्त भ्याक्सिन प्राप्त गर्ने छन् lहेनेको संवाददाता

Leave a Reply

Your email address will not be published. Required fields are marked *