कोरियामा विगत १० महिनामा ४ लाख ४० हजारले घट्यो बिदेशीको संख्या

कोरिया समाचार

सिओल

दक्षिण कोरियामा बिदेशीहरुको संख्या विगत ३ बर्ष यताकै न्युन बिन्दुमा झरेको छ।

लामो समय बस्ने तथा छोटो समयका लागि घुम्न आउने समेत गरि कुल बिदेशीको संख्या कोरोना भाइरस महामारी बिच घटेको हो। विगत १ दशकभित्र कोरियामा बिदेशीहरुको संख्या ११६ प्रतिशतले बृध्दि भएको थियो।

सन् २००९ मा ११ लाख ६० हजारको संख्यामा रहेका बिदेशीहरु सन् २०१९ मा आइपुग्दा २५ लाख २० हजार पुगेका छन्।कोरियाको इमिग्रेसनका अनुसार सन २०२० को अक्टोबरमा २० लाख ७ हजार बिदेशीहरु कोरियामा रहि आएका थिए।

यो संख्या सन २०१७ को डिसेम्बरमा २१ लाख ८ हजार थियो भने सन् २०१६ को डिसेम्बरमा २० लाख ४ हजार थियो। सन् २०२० मा मात्रै विदेशीको संख्या १७.७ प्रतिशतले घटेको देखिन्छ। सन २०१९ को अन्त्यभन्दा अहिले ४ लाख ४७ हजार ६०३ जना विदेशी कम भइसकेका छन्।

कोरियामा रहेका विदेशीहरुमा अधिकांस चीनिया नागरिकहरु रहेका छन्। सन २०२० को अक्टोबरसम्मको आँकडाअनुसार कुल संख्यामा ९ लाख १८ हजार चिनिया नागरिक मात्रै छन्। यो संख्या डिसेम्बर सन् २०१९ भन्दा भने १६.५ प्रतिशतले कमि हो। त्यस समय कोरियामा ११ लाख चिनिया नागरिकहरु रहेका थिए।

कोरियामा रहेका चिनियाहरु धेरैजसो पुर्खा कोरियन भएकाहरु छन्। उनिहरुका पुर्खा कोरियाबाट चिन गएका थिए। त्यस्ता पुर्खा कोरियन भएकाको संख्या ६ लाख ६३ हजार छ जुन कोरियामा रहेका चिनिया हरुको कुल संख्याको करिब ७० प्रतिशत हुन आउँदछ।

कोरियामा चिनियाँ पछि भियतनाम अनि थाइल्याण्डका नागरिकहरु बढि छन्। भियतनामीहरुको संख्या २ लाख ११ हजार अनि थाइल्याण्डका नागरिकहरुको संख्या १ लाख ८४ हजार रहेको छ। यो संख्यामा धेरैजसो कामदार तथा कोरियन पुरुषसँग बिवाह गरि आउनेहरु रहेका छन्।

त्यसैगरि कोरियामा अमेरिकनहरुको संख्या १ लाख ४७ हजार रहेको छ जसमा २८ हजार ५०० जना अमेरिकन सेना रहेका छन्। कोरियामा अमेरिकी नागरिकको संख्या चौथो ठूलो हो। त्यसैगरि पाँचौ धेरै संख्यामा उज्वेकिस्तानका नागरिकहरु रहेका छन्। उनिहरुको संख्या ६६ हजार ९०० रहेको छ। त्यसपछि रसियनहरुको संख्या छ।

उनिहरु ५१ हजारको संख्यामा छन्। फिलिपिन्सका नागरिकको संख्या ५० हजार ५०० रहेको छ। उनिहरु सातौं नम्मरमा छन्। आठौं धेरै संख्यामा मंगोलियाका छन। उनिहरु ४२ हजारको संख्यामा छन्। कोरियामा नेपालीहरु नवौं नम्मरमा पर्दछन्। नेपालीहरुको संख्या ४० हजार ४०० रहेको छ। इन्डोनेसियनहरुको संख्या ३७ हजार ४०० छ। त्यसैगरि काजकिस्तानका २९ हजार ८०० अनि म्यानमारीहरु २७ हजार ५०० को संख्यामा रहेका छन्।

विदेशीहरुको संख्या घट्दा सबैभन्दा धेरै जापनिजहरुको संख्या घटेको छ। कोरिया र जापानबिचको ब्यापार युध्द तथा बाईकट जापान अभियानको ठूलो असर यसमा देख्न सकिन्छ। सन २०१९ को डिसेम्बरमा कोरियामा ८६ हजार १०० जापानिजहरु रहेका थिए।

त्यसबेला कोरियामा रहेका विदेशीको संख्याका आधारमा यो संख्या पाँचौ धेरै रहेको थियो। तर २०२० को अक्टोबरसम्म आइपुग्दा उनिहरुको संख्या १४ ‌नम्मरमा झरेको छ। अहिले जापनिजहरुको संख्या मात्र २७ हजार २०० रहेको छ। यो एकै बर्षमा ६८.४ प्रतिशतको गिरावट हो।ईपिएस साथीबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *