दक्षिण कोरियामा भुकम्पको धक्का महशुस !

कोरिया समाचार

सिओल

दक्षिण कोरियामा भूकम्पको धक्का महसुस भएको छ।कोरियाको पश्चिम तटिय क्षेत्रमा २.५ रेक्टर स्केलको भूकम्प गएको हो।

भूकम्पबाट कुनै जन धनको क्षति नभएको कोरियाको मौषम विज्ञान विभागले जनाएको छ।

कोरियाको भूकम्प मापन केन्द्र(अर्थक्वेक मेजरमेन्ट डिपार्टमेन्टका) अनुसार साँझ ६ बजेर ५९ मिनेट जाँदा छल्लाबुक्दो गुनसानबाट १० किलोमिटर उत्तर पूर्वमा केन्द्रबिन्दु बनाई भूकम्प गएको हो।राजधानी सउलबाट २७० किलोमिटर दक्षिणमा पर्ने गुनसानमा यो धक्का महशुस भएको थियो।

गुनसान क्षेत्र र त्यस वरपर भूकम्पको धक्का महशुस भएको थियो।पराकम्पनका साना धक्काहरु पुन महशुस हुन सक्ने भन्दै त्यहाँका बासिन्दाहरुलाई सुरक्षित रहन स्थानिय सरकारले आग्रह गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *