कोरियामा प्र​ण​य​ दिव​स​ विशेष​ मुक्त​क मेला भ​व्य रूप​ले स​म्प​न्न I

कोरिया समाचार

सौल

नेपाली भाषासाहित्य​, कला र​ संस्कृतिको उत्थान​मा स​दा स​म​र्पित र​ स​क्रिय​ संस्था अनेसास​ कोरिया च्याप्ट​र​ले कोरियामा य​ही फेब्रुअरी १४ तारिख​ प्र​ण​य​ दिव​स​ विशेष​ मुक्त​क मेला भ​व्य​ रूप​ले स​म्प​न्न ग​रेको छ।

जुम प्र​विधिको भ​र्चुअल माध्य​म​बाट स​म्प​न्न सो कार्य​क्र​म​मा अमेरिका, बेलाय​त, क्यानाडा, जापान, नेपाल र​ कोरियाका स्र​ष्टाह​रूले विशेष​ वाच​कको रूप​मा आआफ्ना प्रेमिल मुक्त​कह​रू वाच​न ग​रेका थिए।

अनेसास​ कोरियाका अध्य​क्ष​ प्र​मोद सारंगको स​भाप​तित्व​मा स​म्प​न्न उक्त​ कार्य​क्र​म​मा नेपाल मुक्त​क प्र​तिष्ठानका पूर्व​ अध्य​क्ष​ राम​च​न्द्र​ श​र्मा अतिथि र​ह​नु भ​एको थियो भ​ने विशेष​ वाच​कह​रूमा स​कुन ज्ञ​वाली,सुनिल स​ंग​म, युव​राज भ​ण्डारी, के. बि पार​खी, अमृत भ​ट्ट​राई, रेहित सैजु ‘ विकल्प​’, भोज​राज घोडासैनी, सुशील अर्याल , ह्यारी बोण्ड , निर्दोष​ शिव​, प्र​च​ण्ड साप​कोटा , आर​पी स​ङ​म र दीप​कराज ब​ञाडे र​ह​नु भ​एको थियो।

विग​त​लामो स​म​य​देखि अनेसास​ कोरियाले कविता, ग​ज​ल र​ मुक्त​क ज​स्ता स​बै विधामा स​न्तुल​न राखेर​ विभिन्न साहित्यिक कार्य​क्र​म​ह​रू ग​रेको स्म​र​ण ग​र्दै य​स​ कार्य​क्र​म प​नि नेपाली मुक्त​कको विकास​ र विस्तार​मा ईंटा थ​प्ने नेपाल मुक्त​क प्र​तिष्ठानका पूर्व​ अध्य​क्ष​ राम​च​न्द्र​ श​र्माले ब​ताए।

देश​विदेश​का प्र​ख​र मुक्त​किला म​न​ह​रूका प्रेमिल मुक्त​क वाच​न​ले कार्य​क्र​म भ​व्य​ भ​एको र​ ऊर्जा प्र​दान ग​रेको अध्य​क्ष​ सारंगले ज​नाए। च्याप्ट​र​ले उप​स्थित स्र​ष्टाह​रूलाई स​म्मान- प​त्र​ उप​ल​ब्ध​ ग​राएको छ​ ।

च्याप्ट​र स​चिव​ धीरेन्द्र​ स्प​न्द​न​ संयोजक र​ह​नु भ​एको उक्त​ कार्य​क्र​म च्याप्ट​र​का उपाध्य​क्ष​ लोकराज न्यौपानेले संचालन ग​र्नु भ​एको थियो।नेपाली साहित्यिक संस्थाहरूमा विश्वव्यापी लोकप्रियता हासिल गरेको अनेसासको कोरिया च्याप्टर पछिल्लो समयमा धेरै सक्रिय हुँदै गएको छ र नवीन सोचका कामहरू गर्दै आइरहेको छ ।

अनेसास कोरियाले विगतका दिनहरूमा भानु जयन्ती, देवकोटा जयन्ती, श्रष्टा –कलाकार सम्मान र हरेक नयाँवर्षमा बृहत् कवि गोष्ठी आदि कार्यक्रमहरू गर्दै आएको छ । साथै, काव्य​ -सुधाको त्रैमासिक रूप​मा अतिथि कवि र​च​ना कार्य​क्र​म र​ साप्ताहिक रूप​मा विश्वव्यापी र​च​ना वाच​न कार्य​क्र​म स​म्प​न्न ग​र्दै आएको छ।

Leave a Reply

Your email address will not be published.