दक्षिण कोरियाली राजधानी सोलमा हालसम्मकै ठूलो ब्यापारिक मल सञ्चालनमा आउदै

कोरिया गतिबिधी

सोल

दक्षिण कोरियाली राजधानी सोलमा हालसम्मकै ठूलो ब्यापारिक मल सञ्चालनमा आउने भएको छ । राजधानीको योइदो शहरमा शुक्रबारबाट उ क्त मल सञ्चालनमा आउन लागेको हो । उक्त मल रानधानी सोलकै सबैभन्दा ठूलो भएको दावी गरिएको छ ।

हुण्डाई डिपार्टमेन्ट स्टोर नाम दिइएको उक्त मल ८९,१०० बर्ग मिटर क्षेत्रफलमा फैलिएको छ । आठ तल्लाको उक्त मलमा जमिन मुनि पनि ७ तल्ला रहेको तर कोरोना माहामारी अन्त्य नभए सम्म भने ति भुमिगत तल्लाहरु सञ्चालनमा नआउने स्टोरले बताएको छ ।

मलको आधा भू भागमा भने सुन्दर बगैँचा रहेको छ । ग्राहकहरुले क्युआर कोड मार्फत सपिङ गर्न सक्ने उक्त मलमा मजदुर मुल्य न्युनिकरण गर्ने उपायहरु अवलम्बन गरिएको छ । मलमा ग्राहकहरुले मोबाइल मार्फत नै सपिङ गर्न सक्ने छन् ।

मलमा विश्वकै प्रतिष्ठित ब्राण्डका सामाग्री राखिने हुनाले ग्राहकहरुको मन सजिलै तान्न सकिने मल सञ्चालकहरुले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *