सिओल
लोकदोहोरी क्षेत्रमा पछिल्लो समयमा निकै नै मन छुने गितहरु बजारमा सार्वजनिक भैरहेका छन । यसै क्रममा नव गायक सुमन चापागाईंको स्वर रहेको ” परदेशी छोरो ” बोलको निकै नै मर्मस्पर्शी गित बजारमा सार्वजानिक भएको छ ।
परदेशी को पीडा, ब्यथालाई समेटिएको उक्त गितमा सङ्गीत सुमन चापागाईं कै रहेको छ ।दिनेश पाण्डे ले शब्द लेखेको उक्त गितमा अहिले का निकै नै बहुचर्चित कलाकार अर्जुन सापकोटा र रश्मि भट्टको अभिनय देख्न सकिन्छ ।बिनोद भण्डारिले निर्देशन गरेको उक्त गित को भिडियो लाई सुमन चापागाईंको आफ्नै युटुब च्यानल मार्फत हेर्न सकिन्छ ।
यो पनि पढनुहोस
कोरियामा अब यि कारण भएमा कामदारले आफुखुशी कम्पनी परिवर्तन गर्न पाउने
कोरियाको मत्यस्यपालन तथा कृषि क्षेत्रमा काम गर्ने सबै विदेशी कामदारहरु कोरिया प्रवेश गर्ने बित्तिकै स्वास्थ्य बीमा गराउनुपर्ने नियम लागु हुने भएको छ। रोजगार मन्त्रालयले जानकारी दिएअनुसार विदेशी कामदारहरुको अवस्था सुधार गर्न स्वास्थ मन्त्रालय, कृषि तथा सामुन्द्रिक तथा मत्य मन्त्रालयबिच सहकार्य हुने भएको छ।
गत डिसेम्बरमा कृषि क्षेत्रमा काम गर्ने एक विदेशी कामदारको ग्रिनहाउसभित्र मृ’त्यु भएपछि विदेशी कामदारको अवस्था सुधार गर्नुपर्ने सोचमा मन्त्रालय पुगेको हो। नयाँ नियमअनुसार विदेशी कामदार कोरिया प्रवेश गर्ने बित्तिकै स्वास्थ्य बीमा लिनुपर्ने हुन्छ। तर अहिले लागु भइरहेको नियमअनुसार ६ महिना पुरा भएपछि मात्र स्वास्थ्य बीमाका लागि आवेदन दिन पाउदछन्। त्यहि पनि जिल्ला ग्राहकका रुपमा। कामदारका रुपमा बीमाको ग्राहक बन्न अझै पनि मुश्किल छ।
मत्स्यपालन तथा माछा मार्ने काम गर्ने बिदेशीहरु कामका आधारमा स्वास्थ्य बीमामा आवध्द हुन सकिरहेका छैनन किनकी यस्तो कामलाई यसका मालिकहरुले ब्यापारका रुपमा दर्ता गरेका हुँदैनन्। अब लागु हुने नयाँ नियमानुसार स्वास्थ बीमा गर्ने सबै बिदेशी नागरिकले स्थानिय कृषक तथा माछा मार्नेहरु जत्तिकै बीमाको फाइदा लिन सक्नेछन्। उनिहरुले स्वास्थ बीमाको प्रिमियममा कोरियनहरु जस्तै ५० प्रतिशत छुट पाउनेछन्।
यसैगरी नयाँ आउने नियमअनुसार विदेशी कामदारहरुले पहिलेभन्दा अझ सजिलै काम गर्ने स्थान परिवर्तन गर्न सक्नेछन्। अहिलेको नियमअनुसार विदेशी कामदारले उनिहरुको ४ बर्ष १० महिने अबधिभित्र ५ पटक मात्र कम्पनी परिवर्तन गर्न पाउनेछन्। यो ५ पटकमा कम्पनी बन्द भएर तथा साहुको ज्या’दती भइ परिवर्तन गर्नुपर्ने अवस्थाको भने गन्ति हुँदैन। तर जम्मा ५ पटकमात्र कम्पनी परिवर्तन गर्न पाइने अहिलेको नियमप्रति मानव अधिकारकर्मीहरुले निरन्तर प्रश्न उठाइरहेका छन्। यसले कामदारको मानब अधिकार हन’न भएको बताइरहेका छन्।
अब लागु हुने नयाँ नियमअनुसार रोजगारदाताले विदेशी कामदारलाई ग्रिनहाउसभित्र बस्न लगाएमा, ३ महिनाभन्दा बढि आराम गर्नुपर्ने गरि चो’टपटक लागेमा, कार्यस्थलमा यौ’न दुर्ब्य’वहार भएमा कम्पनी परिवर्तन गर्न पाउने भएका छन्। सरकारले कृषि तथा मत्स्यपालन क्षेत्रका कम्पनीहरुलाई विदेशी कामदारको बसोबासलाई ग्रिनहाउस तथा अस्थाई टहराबाट व्यवस्थित स्थानमा सार्न ६ महिनाको समय दिएको छ। यदि दिइएको समय सिमाभित्र विदेशी कामदारको बासस्थान व्यवस्थापन गर्न नसके रोजगारदातालाई विदेशी कामदार राख्न नदिने तथा त्यहाँ काम गर्ने कामदारहरुलाई अन्य ठाउँमा काम खोज्न दिइने भएको छ।