कोरियाबाट यसवर्ष २६ नेपालीले गरे पिएचडी

कोरिया समाचार

सिओल

दक्षिण कोरियामा अध्ययनरत २६ नेपाली विद्यार्थीले यसवर्ष विद्यावारिधी (पिएचडी) उपाधी हाँसिल गरेका छन् । कोरियाका विभिन्न विश्वविद्यालयबाट २६ जना नेपाली विद्यार्थीले विद्यावारिधी उपाधी हाँसिल गरी दीक्षित हुन सफल भएको नेपाली विद्यार्थी समाज दक्षिण कोरिया (सोनसिक)ले जनाएको छ ।

यहाँका विश्वविद्यालयहरुले गत फेव्रुवरीमा आयोजना गरेको दीक्षान्त समारोहमा यो वर्ष विभिन्न तहमा उत्तिर्ण ५३ नेपाली विद्यार्थी दीक्षित भएका छन् । दीक्षित हुनेहरुमा २५ जना नेपाली विद्यार्थीले स्नातकोत्तर उत्तिर्ण गरी दीक्षित भएका छन् भने २ जना स्नातक उत्तिर्ण रहेको समाजका सभापति राजाराम श्रेष्ठले जानकारी दिए ।

५३ नेपाली दीक्षित भएकोमा ३७ जना छात्र र १६ जना छात्रा रहेको बताईएको छ ।कोरियामा रोजगारीसँगै अध्ययनकालागि आउने नेपाली विद्यार्थीको संख्यामा पछिल्ला वर्षहरुमा वृद्धि हुँदै गएको सरोकारवाला बताउँछन् ।

कोरिया स्नातकोत्तर र पिएचडी अध्ययनकालागि नेपालीको मुख्य गन्तव्यको रुपमा परिचित छ । यहाँका विश्वविद्यालयबाट हरेक वर्ष उल्लेख्य संख्यामा नेपाली विद्यार्थी दीक्षित हुने गरेका छन् ।

कोरियामा अण्डर ग्याजुएट अध्ययनकालागि भने पुर्ण छात्रवृत्ति पाउने बाहेक अन्य विद्यार्थीकालागि आर्थिक रुपमा निकै कठिन हुने गरेको यहाँ अध्ययनरत विद्यार्थी बताउँछन् ।

कोरियामा विज्ञान, ईञ्जिनियरिङ, कृषि, मानविकी लगायतका विषय अध्ययनकालागि नेपाली विद्यार्थी आउने गरेका छन् ।यहाँ हाल करिव २ हजारको संख्यामा नेपाली विद्यार्थी अध्ययनरत रहेको समाजको तथ्याङ्क छ ।खवर पेपरमा शिव भुषालको रिपोर्टिङ

Leave a Reply

Your email address will not be published.