अवदेखी दक्षिण कोरियाका रोजगारदाता हरुले एउटा कोठामा ८ जनाभन्दा बढी विदेशी कामदार राख्न नपाउने!

कोरिया समाचार

सिओल

दक्षिण कोरियामा आप्रवासी कामदारको निमित्त बसाइ अबस्थामा केहि सुधार हुने भएको छ l श्रम तथा रोजगार मन्त्रालयका अनुसार रोजगारदाताले हाल सम्म १५ जना सम्म कामदारलाई एउटै कोठामा राख्न सक्ने नियमलाई संसोधन ८ जना भन्दा धेरै राख्न अनुमति नदिने भएको हो l

सन् २०१९ मा सरकारले नियम संसोधन गरि कोठाको क्षमता हेरिकन१५ जना सम्म कामदारलाई एकैठाउमा राख्न सक्ने अनुमति दिएको थियो l गत डिसेम्बर ३० मा खराब आवासका कारण एकजना कम्बोडियन महिलाको मृत्यु भएपछी सरकारको उक्त नियमको आलोचना हुदै आएको छ l

गत महिना सरकारले प्लास्टिक बाट बनेका घरहरुमा कामदार राख्न नपाउने तथा यदि उक्त स्थानमा राखेमा कामदारको स्वच्छाले रोजगारस्थल परिबर्तन गर्न पाउने नियम लाएको थियो l

त्यसैगरी यसपटक कामदारलाई ठुलो आबाज आउने , प्रदुषित तथा अन्य खतरायुक्त स्थानहरुमा समेत राख्न नपाउने गरि नियम पारित गर्न लागेको बताएको छ l

Leave a Reply

Your email address will not be published. Required fields are marked *