नेपाल र नेपालिको नाम बद्नाम गर्ने काम नगरौ ।
दक्षिण कोरियामा विभिन्न माध्यम बाट बसोबास र रोजगार गर्दै आउनु भएको नेपालि दाजु भाई , तथा दिदि- बहिनिहरुलाई एउटा सानो अनुरोध ।
दक्षिण कोरियाले हाम्रो नेपाल जस्तो विकासउन्मुख र अन्य धेरै देशका नागरिकलाई रोजगारि दिएर ठुलो सहयोग गरेको हामि सबैलाई थाहानै छ । दक्षिण कोरियामा आएर म जस्ता अन्य धेरैको सपना पुरा र आय स्थरमा थोरै भए पनि वृद्धि भएको छ ।
त्यस्तै दक्षिण कोरियालाई पनि विदेशि कामदारले काम गर्दिएर यहाको सानो देखि ठुला ठुला कल कारखाना , फार्महरु सन्चालन भएर देशको आर्थिक स्थिति वृद्धि गर्न र विकसित देशको सुचिमा रहि रहन धेरै ठुलो सहयोग पुगेको छ ।
तर केहि यस्ता नेपालिहरु जस्ले फटा काम गर्दा नेपाल र नेपालिको नाम बद्नाम बेला बेला भएको छ । यस्तै केहि समय अगाडि मात्र एक्जना फटा नेपालिले छङ्बोक बैंक बाट आवस्यकता पर्यो भनेर १.५ करोड वन लोन लिएर र विभिन्न पसल बाट लाइन फोन लिएर नेपाल फरार भएको खबर कोरिया बाट प्राप्त भएको छ ।
कृपया यस्तो गलत काम कसैले नि नगर्नु होला । किनभने अहिलेको जमानामा तपाई सन्सारको जुनसुकै ठाउमा भाग्नु भए पनि तपाई समातिनु हुन्छ र कार्यबाहिको भागिदार बन्नु हुनेछ । बैंक बाट लोन लिएर धेरैले आपत पर्दा काम चलाउनु भएको र फाइदा पनि उठाउनु भएको छ भलाई केहि महङो ब्याज भएपनि ।
म भन्छु कि एक्दम आपत नपरि लोन नलिनु होला । तर लोन लिएर नतिर्नाले तपाइको गलत कामले गर्दा अन्य पैसाको खाचो परेको नेपालिहरुले लोन नपाउने सम्भावना धेरै हुन्छ ।त्यस्तै हाल छङ्बोक बैंकले नेपालिले पैसा खाएर भागेको समाचार कोरियाको मिडियामा दिन लागेको रहेछ र नेपालिहरुलाई लोन दिदा एक्दम ध्यान दिनु पर्ने भनेर कालो सुचिमा राखेको रहेछ ।
यदि यसो भएमा नेपालीहरुको नाम बदनाम हुने भएकोले कोरियामा भएको दाईहरुले यसो नगर्न र नेपालमा पैसा खाएर भागेकोलाई जसरि भएपनि समाएर पैसा उठाईदिएर कानुनि अनुसार कार्बाहि गर्ने भनेर सहयोग गर्छु भन्नु भएको रहेछ बैंकलाई । यदि सम्बन्धित ब्यक्तिले यो पोस्ट हेर्दै हुनुहुन्छ भने चाडो सम्पर्कमा आउनु होला । हैन भने तपाई चाडै कानुनको फन्दामा पर्नु हुनेछ ।
त्यसैले कोरिया रहनु भएका नेपालिहरुले कुनै नराम्रो काम गर्दा एक्दम ध्यान पुर्याउनु होला भन्न चाहन्छु । केहि समयको फाइदाको लागि नेपाल र नेपालिको बदनाम हुने काम कसैले नगर्नु होला । बरु सक्नु हुन्छ भने नेपाल र नेपालिको नाम सधै अग्रस्थाममा राख्ने काम गर्नु होला । जस्ले गर्दा कोरियामा नेपालीहरुले सिर ठाडो पारेर हिड्न सकुन र सधै रोजगारिको बाटो खुल्ला भई राखोस ।धन्यवाद ।इपिएस छिङ्गु काठमाडौ , नेपाल ।