कोरियाली सरकारद्वारा ईपीएस प्रणालीमा सुधार !

कोरिया समाचार

काठमाण्डौ

दक्षिण कोरिया सरकारले रोजगार अनुमति प्रणाली (ईपीएस) मा केही सुधार गररे कानुन पारित गरेको छ । ६ महिनापछि लागू हुने नयाँ कानुनअनुसार अब उस्तै प्रकृतिको कामका लागि कम्पनी परिवर्तन गरे पनि प्रतिबद्ध कामदारका रूपमा कोरिया आउन पाइने उल्लेख छ ।

यसअघि ४ वर्ष १० महिनासम्म एउटै कम्पनीमा काम गरे मात्रै फेरि प्रतिबद्ध कामदारका रूपमा कोरिया आउन पाइन्थ्यो। विभिन्न प्रकारको महामारी, रोग वा प्राकृतिक प्रकोपका कारण स्वदेश फर्कन नसकेका कामदारलाई थप एक वर्ष काम गर्ने भिसा दिन सकिने व्यवस्था नयाँ कानुनमा छ ।

कोरोना महामारीका कारण विभिन्न देशका कामदार भिसा सकिए पनि स्वदेश जान नसकेपछि कसरी व्यवस्थापन गर्ने भन्ने समस्या भएको थियो। कान्तिपुरमा खबर छ ।

यो पनी पढ्नुहोस्ः म्यानमारमा एकै दिन एक सयभन्दा बढी प्रदर्शनकारी मा’रिए

सैनिक ‘कू’ गरेर सत्ता हातमा लिएको म्यानमारको सेनाले नागरिकमाथि दमन बढाएको छ । म्यानमारमा सैन्य कू को वि’रोधमा उत्रेका प्रदर्शनकारीमाथि सुरक्षाकर्मीले गो’ली चलाउँदा शनिबार मात्रै विभिन्न ४४ शहरमा म्यानमारको सेनाले ११४ जनाभन्दा धेरैको ह’त्या गरेको छ । अहिलेसम्म सेनाको गोली प्रहारबाट चार सय बढी बर्मेली नागरिकको ह’त्या भइसकेको छ ।

सुरुमा ब्यापक धरपकडमा उत्रिएको सेना पछिल्लो समय दमनमा लागेको छ । माघ १९ गते सेनाले सत्ता आफ्नो नियन्त्रणमा लिएपछि दैनिक रुपमा प्रदर्शन भइरहेका छन्। प्रहरी र सेनासँग प्रदर्शनकारीहरुको दैनिक नै मुठभेड हुँदै आएको थियो।

यता अमेरिकाले भने शनिवारको घ’टनालाई भयभीत बनाउने घ’टना भन्दै सैन्य सरकारको वि’रोध गरेको छ। अमेरिकी विदेश मन्त्री एन्टोनी बिल्किनले जुन्ताले केही व्यक्तिलाई सेवा गर्न नागरिकहरुको ह’त्या गरिरहेको प्रतिक्रिया गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *