कोरियामा एक जापानीले क्वा’रेनटीनमा बसेको होटलको झ्यालबाट फाले पैसा

कोरिया समाचार

सिओल

दक्षिण कोरियाको एक होटलमा क्वा’रेनटीनमा बसेका जापानी नागरिकले झ्यालबाट पैसा फालेका छन्। ति ब्यक्तिले करिब ९ लाख कोरियन वन (करिब ९७५ अमेरिकन डलर) फालेका हुन।

ख्यङ्गिदो प्रदेशको योङगिन शहरस्थित एक होटलमा उनि सेल्फ क्वारेनटीनमा बसेका थिए। योङगिन दोङ्बु प्र’हरीका अनुसार गत आईतबार यो घ’टना भएको थियो। ति ब्यक्ति करिब ६० बर्ष जतिका थिए।

होटलको १३ औं तल्लामा बसेका उनले झ्यालबाट विहान १०:४० तिर पैसाका नोटहरु फालेका हुन। त्यो होटललाई सरकारले विदेशबाट आउनेहरुका लागि १४ दिन सेल्फ क्वा’रेनटिन बस्नका लागि उपलब्ध गराएको थियो।

ति ब्यक्तिले ५० हजार वनको १२ वटा नोट, ६ वटा १० हजार वनको नोट, एउटा ५ हजार वनको नोट तथा ३ वटा १० हजार जापानी येनका नोट फालेका थिए। यि सबै नोटको भ्यालु करिब ९ लाख वन हुन आउँदछ।

एक दिन अघि मात्र होटलमा आएका ति जापानी नागरिक होटलको स्टाफसँग स’वाल जवाफ भएपछि रि’षाएका रहेछन्। उनलाई होटलमा बस्न करिब १६ लाख वन एडभान्स मागिएपछि स्टाफसँग भ’नाभन हुँदा रि’षले उनले आफूसँग भएको पैसा होटलको झ्यालबाटै मिल्काएका थिए।

बाटोमा पुगेको पैसा पछि प्र’हरीले संकलन गरी होटलका स्टाफलाई बुझाएको थियो। पछि होटलका स्टाफले त्यो पैसा तिनै जापानी नागरिकलाई होटलबाट निस्कने बेला फिर्ता गरेको बुझिएको छ।ईपिएस साथीबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *