सिओल
दक्षिण कोरिया स्थित नेपाली दुतावासमा राहदानी नबिकरण गर्नेको संख्या अत्यधिक बढेको छ l पछिल्लो समय कोरिया सरकारले राहदानीको म्याद सकिएका बिदेशी नागरिकको भिसा नबिकरण नगर्ने सूचना संगै दुतावासमा राहदानी नबिकरणको लागी निबेदन दिने नेपालीको चाँप बढेको हो l
हाल नबिकरणको लागी फारम भर्नेको संख्या दैनिक १ सय भन्दा माथि छ l सोमबार मात्र १ सय १५ जना भन्दा धेरैको संख्याले नबिकरण फारम भरेको दुतावास श्रोतले जनाएको छ l
नबिकरण गर्नेको संख्या ह्वात्तै बढेपछी कोरिया सरकारले लगाएको कडा सामाजिक दुरी पालना गराउन समेत हम्मे हम्मे परेको द्वितीय सचिव सुर्य बहादुर थापाले बताउनु भयो l उहाका अनुसार अन्य दिनको तुलनामा सोमबार र शुक्रवार भिड अत्यधिक बढ्ने गरेको छ l
हाल राजधानी सिओलमा बढ्दो कोरोना भाइरस संगै कोरिया सरकारले लगाएको सामाजिक दुरी पालना गराउन असहज भएपछी दुतावासले दिदै आएको आइतबार (बिदाको दीन ) को सेवा बन्द गरेको छ l प्रायःअन्य दिनको तुलनामा बिदाको दिन दुतावासमा अत्यधिक भिड हुने गर्दछ l
“कोरियामा प्रायः कम्पनीहरुबाट बिदा पाउन गाह्रो हुन्छ l मुस्किलले साहुलाई मनाएर एक दिनको बिदा लिएर आएको यहा ठुलो भिड रहेछ आज कम्पनि फर्किनै मुस्किल पर्ला जस्तो भैसक्यो कोरियाको छ्ल्लानाम्दो बाट आएका एक नेपालीले भने ” त्यसैगरी जेजुदो , बुसान लगाएतका स्थानहरुबाट १ दिनको बिदा मिलाएर आएका नेपालीहरुको गुनासो पनि उस्तै थियो l
अन्य दिनको तुलानामा सोमबार र शुक्रबार नबिकरण गर्नेको भिड अत्यधिक बढ्ने हुदा टाढा बाट आउनेहरु सकेसम्म मंगलबार देखि बिहीबारको बिचमा आइदिनुभए अलि सहज हुने दुतावासका एक कर्मचारीले बताए lhellonepalkorea.com