सिओल
कोरियन सरकारले कोरियामा इपिएस अन्तर्गत आइरहेका प्रवासी श्रमीकहरुको कार्यअवधि सकिए पनि को’रोनाका कारण स्वदेश फिर्ता हुन नसकिरहेको अवस्थामा श्रमिकहरुको कार्यअवधि ५० दिन थप्दै आइरहेको थियो।
यो ५० दिनको म्या’दलाई अहिले बढाएर कोरियामा १ बर्षसम्म बस्न पाउने नियम गत महिना नै पारित भइसकेको छ। संसदबाट पारित उक्त का’नून लागू गरिने मिति तय गरिएको छ।
अहिले को’रोना तथा स’रुवा रो’गको म’हामा’री, प्राकृ’तिक प्र’को’पका कारण प्रवासी श्रमिकहरुको आवत जावतमा क’ठिना’इ भएमा र नयाँ कामदार कोरिया प्रवेश गर्न न’सकेमा श्रमिकहरुको कार्यअवधि १ बर्षसम्म लम्ब्याउन सकिने नि’यम बनेको छ।
यो निय’म सन २०२१ को अप्रिल १३ तारिखबाट लागू हुनेछ। अप्रिल १३ दखि डिसेम्बर अन्तिमसम्म भिजा सकिने प्रवासी श्रमिकहरुको भिजा १ बर्ष थप हुनेछ।
अहिले आफूले काम गरिरहेको कम्पनी परिवर्तन गरि नयाँ कम्पनीको खोजि गरिरहनु भएका श्रमिकका हकमा पनि यो नि’यम लागू हुनेछ। अहिले ३ बर्षको कार्याअवधि सकिनेहरुलाई पनि पहिले १ बर्ष भिजा थपिनेछ र १ बर्षपछि फेरि १ बर्ष १० महिनाको भिजा थप हुनेछ।
४ बर्ष १० महिनाको कार्यावधि सकिनेहरुले भने १ बर्ष भिजा थप पाउनेछन। यदि आफूले काम गरिरहेको कम्पनीले यो थप हुने १ बर्ष कम्पनीमा न’राख्न चाहेमा पनि नयाँ कम्पनी खोजेर जान सकिनेछ। थप बिस्तृतमा एमटियुका यदय राइ सरको भिडियोबाट बुझौं।
कोरियाली सरकारद्वारा ईपीएस प्रणालीमा सुधार
काठमाण्डौ । दक्षिण कोरिया सरकारले रोजगार अनुमति प्रणाली (ईपीएस) मा केही सुधार गररे कानुन पारित गरेको छ । ६ महिनापछि लागू हुने नयाँ कानुनअनुसार अब उस्तै प्रकृतिको कामका लागि कम्पनी परिवर्तन गरे पनि प्रतिबद्ध कामदारका रूपमा कोरिया आउन पाइने उल्लेख छ ।
यसअघि ४ वर्ष १० महिनासम्म एउटै कम्पनीमा काम गरे मात्रै फेरि प्रतिबद्ध कामदारका रूपमा कोरिया आउन पाइन्थ्यो। विभिन्न प्रकारको महामारी, रोग वा प्राकृतिक प्रकोपका कारण स्वदेश फर्कन नसकेका कामदारलाई थप एक वर्ष काम गर्ने भिसा दिन सकिने व्यवस्था नयाँ कानुनमा छ ।
कोरोना महामारीका कारण विभिन्न देशका कामदार भिसा सकिए पनि स्वदेश जान नसकेपछि कसरी व्यवस्थापन गर्ने भन्ने समस्या भएको थियो। कान्तिपुरमा खबर छ ।