दक्षिण कोरियामा कृषि क्षेत्रमा विदेशी कामदारको चरम अभावका कारण हाहाकार

कोरिया समाचार

सिओल

दक्षिण कोरियाको कृषि तथा पशुपालन क्षेत्रका कम्पनीहरुले अहिले कामदार अभावको मार खेप्नुपरेको छ।

अहिले कोरोनाका कारण विदेशी कामदारलाई कोरिया प्रवेशमा कडाई गरिनुका साथै केहि सिमित संख्यामा आउन दिइए पनि कामदार ल्याउँदा लाग्ने खर्च बढेका कारण कृषि क्षेत्र मारमा परहेको हो। उनिहरुले चाहे जति संख्यामा विदेशी कामदार नपाएका कारण काम गर्न नै गाह्रो पर्न थालेको छ।

कोरोना महामारी भन्दा अघि धेरैजसो कृषि फारामहरु विदेशी मौषमी कामदारहरुमा निर्भर रहेका थिए। मुख्यगरी दक्षिण पूर्वि एशियाबाट आउने कामदार जसलाई सि-३ भिजा दिइन्थ्यो उनिहरुले ९० दिनसम्म कोरियामा काम गर्न पाउँदथे। कृषि तथा पशुपालको ब्यस्त सिजनमा उनिहरुलाई काम गर्न दिइने गरेको थियो। कोरियाको कृषि तथा सामाजिक मन्त्रालयका अनुसार अप्रिल देखि जुन महिनामा बर्ष भरिको तुलनामा ४० प्रतिशत बढि कामदारको माग हुने गर्दछ।

साना तिना कृषि फार्महरुलाई विदेशी मौषमी कामदारहरुबाट ठूलो सहुलियत हुने गरेको थियो। बूढापाकाहरुको संख्या अत्याधिक बढेपछि कोरियामा अहिले कृषि क्षेत्रमा काम गर्ने मानिसको अभाव बढिरहेको छ। अहिले कृषि क्षेत्रमा कुल कामदारको ८० प्रतिशत विदेशी कामदार रहेका छन। कोरियाको न्याय मन्त्रालयका अनुसार यो बर्ष कोरियाको ३७ वटा स्थानिय सरकारले ४ हजार ४ सय ६ जना मौषमि विदेशी कामदारलाई कोरिया आउन अनुमति दिएको छ।

तर गत बर्षदेखि कुनै पनि सिजनमा मौषमी कामदार कोरिया प्रवेश गर्न पाएका छैनन। यदि कोहि कोरिया आइहाले पनि उनिहरुलाई करिब १४ लाख खर्च गरेर क्वारेन्टिनको व्यवस्था गर्नुपर्ने भएकाले अझ गाह्रो अवस्था आएको छ। छल्लाबुक्दोमा सखरखण्डको खेति गरिरहेका किम सुङ आन भन्छन पहिलेभन्दा बढि पैसा तिर्दा पनि कोरियन कामदार समेत पाइन छाडेको छ।

कोरियाको कृषि मन्त्रालयका अनुसार कामदार अभावको समस्या स’रमाधानका लागि कोरियाले त्यहाँ भएका कामदारहरुको भिजा अरु १ बर्ष थप गर्ने निर्णय गरेको छ। यो समस्या समाधानका लागि न्याय मन्त्रालयसँग छलफल पनि चलिरहेको छ। त्यसैगरी छुङछबुक्दो प्रदेशले त्यहाँ रहेका विश्वविध्यालसँग सहकार्य गरि विध्यार्थीहरुलाई उनिहरुको फ्रि समयमा कृषि क्षेत्रमा काम दिने योजना बनाइरहेको छ।

-Epssathi

Leave a Reply

Your email address will not be published.