कोरियामा मृ’त्यु भएका गगन रावलको श’व नेपाल पठाउन लागेको खर्च र अभियानबाट उठेको सहयोग रकम सार्वजनिक !

कोरिया समाचार

सिओल

चाैकुने गाउँपालिका वडा न.-०४ घर भएका विगत काेरियाकाे एजुमा ४ वर्ष १० महिना काम गर्दै आएका गगन रावलकाे गत चैत्र १८ गते हृदयघा’तका कारण मृ’त्यु भएको थियो।

सहयोग हस्तान्तरण गरिदै!

परिवारलाई केही राहत र दु:खमा मलमपट्टि लागाेस् भन्ने उद्देश्यले सुर्खेत समाज दक्षिण काेरिया र कर्णाली प्रदेश समाज दक्षिण काेरियाकाे संयुक्त अभियानमा काेरियामा रहेका युवाहरुकाे सहयाेग संकलनमा उठेकाे रकम २२ लाख रुपैयाँ मध्य मृतककाे मेडिकल लागत खर्च,पार्थिक शरिर नेपाल पठाउनमा लागेकाे खर्चबाट बचेकाे बाँकि सम्पुर्ण रकम १७,३०,५०३|- स्व.गगन रावलकाे परिवारलाई हस्तान्तरण गरिएको अध्यक्ष द्वय प्रकाश बस्नेत र बखत थापाले बताएका छन्।

आफुले छोरालाई गुमाएपनि कोरियामा रहेका सयौं छोराछोरीहरुको सहयोगले आफुलाई थप राहत भएको गगनका बुवा झंकर रावलले बताउनु भयाे।सुर्खेत समाजका निबर्तमान अध्यक्ष तथा सहयोग हस्तान्तरण कार्यक्रमका संयोजक लोकेश खत्री,पुर्ब अध्यक्ष लक्ष्मीप्रसाद ढकाल, राष्ट्रिय युवा परिषद सुर्खेत जिल्ला अध्यक्ष निरज भट्टराई सुर्खेत समाज दक्षिण काेरियाका पुर्व सल्लाहकार अमर मर्साङ्गी कुल प्रसाद अधिकारी,वडा अध्यक्ष नमराज जैसी, लगायत कोरियन रिर्टन ग्रुप पदाधिकारीहरुको सहभागितामा सहयोग हस्तान्तरण गरिएको थियाे।

साथै कोरिया स्थित नेपाली दुताबास ,संध संस्थाहरु लगायत सहयोगी सम्पुर्ण ब्यक्तित्वहरुमा सुर्खेत समाजका पुर्व अध्यक्षहरु लक्ष्मी नारायण बस्नेत,तुलश कुमार गुरुङ्ग, वरिष्ठ सल्लाहकारआशारामढुंगाना,सल्लाहकार भोजराज धोडासैनी लगायत परिवारका सदस्यहरुले हार्दिक धन्यबाद ब्यक्त गर्नुभएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *