सिओल
दक्षिण कोरिया रोजगारीको लागी आकर्षक गन्तब्य मुलुक हो।यहाँको बसाईलाई सहज बनाउन यहाँको नियम,कानुनको बिषयमा धेरथोर ख्याल गर्नुपर्ने हुन्छ।कोरियामा पछिल्लो समय यहाँको भाषा,संस्कृती,नियम तथा कानुनको बिषयमा थाहा नहुनु वा हेलचेक्य्राइँ गर्नाले अनाहकमै दु:ख पाउने गरेका दृस्टान्त हरु हामीले देखिरहेका छौँ।
कोरियामा बसोबास गर्ने नेपालीहरु बेलाबेलामा यहाँको सामान्यभन्दा सामान्य कुराहरुलाई वेवास्था गर्दा यहाँको बसाईमा समस्या भोगेका उदाहरण प्रसस्तै सुन्ने गर्छौँ।
आउनुहोस आज हामी कोरिया बसाईमा आईपर्ने समस्या,यसको समाधानका उपायहरु र समस्या आउनुभन्दा अगाडी ख्याल गर्नुपर्ने केही उपाएहरुको बारेमा चर्चा गरौँ।तलका केही बुँदाहरुमा तपाईहरुले थोरैमात्र ख्याल गर्नुभयो भनेमात्र पनि कोरियाको बसाई सहज,सरल र सफल बनाउन सकिन्छ।
एलिएन कार्डको दुरुपयोग,लाईनफोन ठगी
कोरियामा पछिल्लो समय सबैभन्दा बढी केश मोबाईल फोन को ठ’गीको बिषयमा सुन्ने गरिएको छ।धेरै जस्तो नेपाली हरु को एलिएन कार्डको दुरुपयोग गरि लाइन फोन निकाल्ने र त्यसको बिल एलिएन कार्ड वहाकको बैङ्क अकाउन्ट बाट काट्ने,साथै विभिन्न फेशबुक फेक आईडी तथा पेजबाट बाट सस्तो मा ईलेक्ट्रिक सामान र मोबाईल किन्ने भनेर पैसा पठाउने र पछि ठ’गीमा मा पर्ने !यो बाट बच्न आफ्नो एलिएन कार्ड र बैङ्क अकाउन्ट नम्बर जो पायो त्यसलाई नदिने ।यदी त्यस्तो गरेको थाहा पाए नजिक को कोरियन टेलिकम्युनिकेशन कम्पनी sk ,lg ,kt वा सम्बन्धित पसल मा गएर बन्द गराउने र प्रहरी लाई इन्फर्म गर्ने।
लाईसेन्स बिना बाईक स्कुटर चलाउने
बिना लाइसेन्स बाईक,स्कुटर चलाउने र दु’घटना हुने।यस्तो केशमा तपाई लाई कोरिएन वोन ३ लाख देखि माथी जरिवाना र पछी नेपाल बाट फेरि सि.बी.टी वा कमिटेड वा अरु भिषा मा कोरिया आउन प्रतिबन्ध हुन सक्छ।
बिना ईन्सुरेन्स ड्राईभिङ्ग गर्ने
सबैभन्दा महत्त्वपूर्ण बिना इन्स्योरेन्स गाडी चलाउने।कतिपय साथी हरु संग कोरियन ड्राईभिङ्ग लाईसेन्स छ भन्ने साथ गाडी चलाउन मिल्छ भने सोचाइ रहेको पाईन्छ।हो तपाईं सङ कोरियन ड्राईभिङ्ग लाईसेन्स छ भने कोरियामा मा मज्जा ले गाडी चलाउन सक्नु हुन्छ तर त्यसको साथ मा तपाईं ले त्यो गाडी को 책임 보험अर्थात Liability insurance गर्नु आवश्यक हुन्छ।यो ईन्सुरेन्स छैन भने तपाईं ले valid license को साथ मा गाडी चलाए तापनी अवैध मानिन्छ,एक दिन को लागि अरु साथी भाइ को गाडी चलाउन परे पनि यो इन्स्योरेन्स गर्नु पर्छ।र यो इन्स्योरेन्स एक दिन देखि एक वर्ष सम्म को गर्न मिल्छ।
एलिएन कार्ड हराएको खन्डमा के गर्ने ?
यदि कुनै कारणवस तपाई को एलिएन कार्ड हराएको खण्ड मा तु नजिक को immigration office मा गएर नया बनाइ हाल्नु होला।यस्तो गरेमा पुरानो हराएको एलिएन कार्ड को दुरुपयोग हुँदैन र कसैले गरे पनि तपाईं लाई कानुनी अफ्ठ्यारो पर्दैन।
अभद्र ब्यबहार गर्ने
अहिले कोरोना को परिवेशमा र अरु बेला पनि यदि तपाइ अस्पताल मा कुनै स्वास्थकर्मी अरु सङ झगडा गरेर वा उनिहरु सङ्ग अभद्र ब्यबहार गरेमा ३ वर्ष जेल वा ५ करोड वोन जरिवाना हुन्छ।
कसैको एटिएम अथवा सामान भेटियो के गर्ने?
यदि कसै को atm card ,visa card वा check card फेला परेमा त्यसलाई नजिकको post box ,बैङ्क वा प्रहरी कार्यालयमा मा बुझाउनुहोला कुनै पनि हालत मा त्यसको प्रयोग नगर्नु।प्रतेक ठाउँ मा सिसिक्यामेरा हुन्छ र तपाई लाई सजिलै समात्न सकिन्छ ।
यी केहि कुराहरु को ख्याल राख्नुस,कोरियन कानुन को राम्रो पालना गर्नुहोस र कोरिया को आफ्नो बसाई लाई सहज बनाउनुहोस।