कोरियामा E9 भिषा बहाक चार नेपाली कामदारमा कोरोना सङ्क्रमण,उच्च शतर्कता अपनाउन दुतावासको आग्रह !

कोरिया समाचार

सिओल

दक्षिण कोरियाको छनान शहरमा कार्यरत नेपाली इपिएस कामदारहरुमा को’रोना सं’क्रमण पु’ष्टि भएको जानकारी कोरियाको राजधानी सउलस्थित नेपाली राजदूतावासले दिएको छ।

छनानको क’म्पनीमा काम गर्ने र सँगै बस्नेहरुसहित जम्मा चार जनामा सं;क्र मण भएको हो। कोरियाको रोजगार तथा श्र’म मन्त्रालयले सउलस्थित नेपाली राजदूतावासलाई जानकारी गराएको बताइएको छ।

आज एक सू’चना प्रकाशित गरी नेपाली राजदूतावासले उक्त कुराको जानकारी दिएको हो। साथै दूतावासले कोरियामा रहेका सबै नेपालीहरुमा कोरिया सरकारले जा’री गरेको स्वा’स्थ मा’पद’ण्डहरु अनि’वार्य रुपमा पा’लना गर्नका लागि समेत अ’पिल गरेको छ।

को’रोनाको कुनै पनि ल’क्षण देखिएमा तु’रुन्तै स’म्बन्धित स्वा’स्थ संस्थामा स’म्पर्क गरी स्वा’स्थ प’रिक्षण गर्न समेत राजदूतावासले नेपाली नागरिकहरुमा अ’नुरोध गरेको छ।

बाटोमा भेटेको १३ लाख नेपाली युवाले बुझाए कोरिया प्रहरीलाई

दक्षिण कोरियामा एक नेपालीले बाटोमा भेटिएको पैसा झण्डै रु १३ लाख वन ९झण्डै एक लाख ३८ हजार नेपाली रूपैयाँ० कोरियाली प्रहरीलाई बुझाएर आफ्नो इमान्दारी प्रदर्शन गरेका छन्।

हाल दक्षिण कोरियाको इन्छन् शहरमा बसोबास गरिरहेका रामेछाप जिल्ला लिखु गाउँपालिका–७ का प्रदीप श्रेष्ठले उक्त रकम भेट्टाएका थिए।इन्छनस्थित औद्योगिक क्षेत्र नाम्दोङमा आइतबार बाटोमा हिँड्ने क्रममा खाममा उक्त रकम भेटिएको हो।रकममध्ये रु १० लाख एक हजार कोरियन वन र बाँकी फिलिपिन्स, हङकङ र ताइवानका नोटहरू थिए।

उनले इन्छन्स्थित एक प्रहरी कार्यालयमा उक्त रकम बुझाएर आफ्नो इमान्दारी देखाएका हुन्। सन् २००९ मा पहिलोपटक दक्षिण कोरियामा इ–९ भिसा लिई कामदारका रूपमा प्रवेश गरेका श्रेष्ठ हाल भिसा परिवर्तन गरी एफ–२ रेसिडेन्सी भिसाअन्तर्गत कोरियामा बसोबास गरिरहेका छन्।

उनी इन्छन् होगुफोस्थित विदेशी सहायता तथा परामर्श केन्द्रमा लामो समयदेखि स्वयंसेवक भई दोभाषेका रूपमा काम गर्छन्। रकम भेट्टाएर प्रहरीलाई बुझाउन पाउँदा आफूलाई खुशी लागेको उनले बताए।अझ जसको पैसा हो, उसैले पाइदिए झन् खुशी लाग्ने उनको भनाइ छ।

कोरियामा बाटोमा पैसालगायत अन्य बहुमूल्य सामान भेटेमा त्यत्तिकै छाड्ने वा प्रहरीलाई बुझाउने गर्नुपर्छ। यदि प्रहरीलाई नुबुझाई आफैँले लगेमा चोरी गरेबराबर सजाय हुनसक्ने व्यवस्था छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *