नेपालको कोरोना नियन्त्रण विरुद्धको लडाईमा दक्षिण कोरियाले तत्काल दुई लाख डलर बराबरको स्वास्थ्य साम्रगी सहयोग गर्ने।

कोरिया समाचार

सिओल

दक्षिण कोरिया सरकारले नेपालमा महामारीको रुपमा फैलिएको कोरोना भाईरस नियन्त्रणका लागी नेपाललाई आकस्मिक सहयोगको रुपमा दुई लाख डलर बराबरको स्वास्थ्य साम्रगी सहयोग गर्ने भएको छ।

गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्यव परिषद् दक्षिण कोरिया (NRNA,दक्षिण कोरिया) को तर्फबाट विभिन्न मितिमा दक्षिण कोरियाका सांसद एवं नेपाल दक्षिण कोरिया संसदिय समितिका सभापति श्री इ साङ्ग ह्युन

साथै दक्षिण कोरिया सत्तारुढ दलको प्रवासी सरोकार तथा योजना निर्माण प्रमुख एवं सांसद श्री खो यङ् यिन लाई भेट गरी हाम्रो मातृभूमि नेपालमा देखिएको कोरोना भाइरसको दोश्रो चरणको महामारी नियन्त्रणका लागि दक्षिण कोरिया सरकारको तर्फबाट आवश्यक सहयोगको अपेक्षा गर्दै; सो बिषयमा आवश्यक समन्वय तथा सहजीकरण गरिदिनु हुन गरेको अनुरोध स्वीकार गर्दै दक्षिण कोरिया सरकारले आकस्मिक सहयोगको रुपमा दुई लाख डलर बराबरको स्वास्थ्य साम्रगी सहयोग गर्ने निर्णय गरेको सांसद श्री खो यङ् यिन ले फोन सम्पर्क मार्फत गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्यव परिषद् दक्षिण कोरिया (NRNA,दक्षिण कोरिया) लाई जानकारी गराउनु भएको छ।

उक्त सहयोग समाग्री नेपाल राजदुतवास सौल संगको समन्वयमा तत्काल नेपाल पठाइने र अन्य ठुला र दिर्घकालिन सहयोगको मात्रा र बिकल्पमा नेपालमा रहेको कोरियन राजदुतवासले नेपाल सरकार संग थप समन्वय गरिरहेको पनि सांसद श्री खो यङ् यिन ले ले जानकारी गराउनु भयो।

गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्यव परिषद् दक्षिण कोरिया (NRNA,दक्षिण कोरिया), उक्त निर्णय प्रक्रियामा सहयोग तथा सहजीकरण गर्नु हुने सम्पूर्ण सबैमा हार्दिक धन्यवाद ज्ञापन गर्दै, प्राप्त हुने स्वास्थ्य साम्रगी सहयोगले हाम्रो मातृभूमि नेपालको कोरोना महामारी नियन्त्रणका सहयोग पुग्ने विश्वास गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *