सिओल
दक्षिण कोरियाको राजधानी सउलमा रहेको सुङखोङह्वे विश्वविध्यालयले महिला तथा पुरुषका लागि छुट्टाछुट्टै नभई सबै लि’ङ्गका मानिसहरुका लागि उपयुक्त हुने एउटै शौचालय बनाउन लागेको छ। यो शौचालय महिला, पुरुष, तथा अन्य लि’ङ्गका सबैले प्रयोग गर्न सक्नेछन।
विश्वविध्यालयका विध्यार्थी प्रतिनिधीका अनुसार गत बिहिबार विश्वविध्यालयको विध्यार्थी का’उन्सिलले यस्तो किसिमको शौचालय निर्माण गर्ने प्र’श्ताव पारित गरेको हो। विध्यार्थी काउन्सिलका अनुसार यो किसिमको शौचालय यस बर्षको अन्तिमसम्मा निर्माण सक्ने गरि योजना तय गरिएको छ।
“विश्वविध्यालयको विध्यार्थी काउन्सिलको मि’टिङमा केहि विध्यार्थी साथीहरुले यस्तो खालको शौचालय बनाउन नहुने आ’वाज पनि उ’ठाएका थिए। तर धेरै जसो विध्यार्थी साथीहरु बनाउनुपर्छ भन्नेमा सह’मति भएपछि काम अघि बढ्न लागेको हो।
” विध्यार्थी प्रतिनिधि लि हुनले बताए। “त्यसैगरी यस्तो शौचालय निर्माणका लागि विश्वविध्यालय पनि सकारात्मक रहेकाले तोकिएको समयभित्रै बिना क’ठिनाई शौचालय बन्छ भन्ने हामीलाई लागेको छ।” उनले थपे।
सबै लि’ङ्गका लागि बनाईने यस्तो शौचालयमा लै’ङ्गीक रुपमा अ’ल्पसं’ख्यक मात्र नभई अ’शक्त’ता भएका व्यक्ति जसलाई शौचालय गर्नका लागि अन्य व्यक्तिको आव’श्यकता पर्दछ उनिहरुले पनि सजिलैसँग प्रयोग गर्न सक्नेछन। त्यसैगरी यस्तो शौचालयमा बालबच्चा जसलाई आफ्नो अभिभावको आवश्यकता पर्दछ उनिहरुले पनि सजिलोसँग प्रयोग गर्न सक्नेछन।
यस विश्वविध्यालयमा सन २०१७ मै यस्तो किसिमको शौचालय निर्माणका लागि योजना अघि सारिएको थियो तर त्यसबखत धेरै विध्यार्थीले यसको बि’रोध गरेपनि स्थ’गित भएको थियो। अहिले पनि केहि बिध्यार्थीहरु भने यसको बि’पक्षमा रहेका छन। यो शौचालय निर्माणका लागि ५ करोड कोरियन वन छुट्याईएको छ।
यस किसिमका शौचालयहरु अहिले अमेरिका, युरोपियन देशहरु लगायतमा प्र’ख्यात छन। सन २०१५ मा बाराक ओभामाले ह्वाईट हाउसमा पनि यस्तो शौचालय निर्माण गर्न लगाएका थिए। त्यसैगरि यस्ता शौचालयहरु डेनमार्क स्विडेन जस्ता देशहरुमा पनि देख्न सकिन्छ।
जापानले पनि आफ्नो देशमा हुने ओलम्पिकमा यस किसिमको शौचालयको प्रयोग गर्ने योजना बनाएको छ। ताइवानका केहि विश्विध्यालय तथा स्कूलहरुमा पनि यस किसिमका शौचालयहरु प्रयोगमा रहेका छन।
Eps Sathi