कोरियाबाट नागरिकता बनाउन नेपाल फर्केका मनिष सिधै रास्ट्रिय टिममा प्रवेश गरे,डेब्यु खेलमै गोल गरे !

खेलकुद

सिओल

इराकविरुद्धकाे अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमामार्फत् नेपाली राष्ट्रिय फुटबल टाेलीमा डेब्यू गरेका मनिष डाँगीले नयाँ अनुभव मिलेकाे बताएका छन्।

शनिबार इराकविरुद्धकाे अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल घरेलु टिमसँग ६-२ गाेल अन्तरले पराजित भएकाे छ। इराकलाई जित दिलाउन अयमन हुसेन गबधनले दुई गोल गरे। यस्तै, कप्तान अला अब्दुल जहर खासिन, मोहमद अब्दुल्जारा ओबेद, मोहमद अलि अलसम्मारी र सज्जाद जसिमले एक/एक गोल थपे।

नेपालका मनिष डाँगीले एक गोल फर्काए भने इराकका अहमेद इब्राहिम खलाफले एक गाेल उपहार दिएका थिए। खेलको २९ औं मिनेटमा मनिषले गाेल गरेका थिए। ‘खेल राम्रो भयो। हामीभन्दा माथिला स्तरका खेलाडी थिए। रिजल्ट राम्रो नभएपनि अनुभव लिन पाएँ,’ उनले भने। यद्यपि, डेब्यू खेलमै गरेको गोल गर्दा भने आफूलाई खुशी लागेकाे उनले बताए।

‘डेब्यूमै गोल गर्दा खुशी छु। तर, नजिता राम्रो आउन सकेन। त्यसैले दु:ख पनि लागि रहेको छ,’ उनले भने। कोरियामा बस्दै आएका मनिष नेपालबाट उमेर समूहमा प्रतिनिधित्व गरिसकेका छन्। यद्यपि, सिनियर टोलीबाट भने इराकविरुद्ध खेल नै डेब्यू हाे। उनले केही समय अगाडि सम्पन्न भएकाे नेपाल सुपर लिग (एनएसएल)मा विराटनगर सिटी एफसीबाट खेलेका थिए।

उक्त लिगमा उनले गरेकाे प्रदर्शनकाे आधारमा प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले सिधै राष्ट्रिय टोलीको प्रशिक्षणमा बोलाइएका हुन्। मनिष पहिलो पटक टोलीमा स्थान बनाउँदै पहिलो खेलको सुरुवाती एघारमै अटाएका थिए। उनी दाेस्राे हाफमा मैदान बाहिर निस्केका थिए। उनले अझै भविष्यमा मेहनत गरेर राम्रो गर्न गर्न चाहेकाे बताएका छन्।

मनिस डाँगी (मिडफिल्डर)

मनिष डाँगीले केही समय अगाडि सम्पन्न भएकाे नेपाल सुपर लिग (एनएसएल)मा विराटनगर सिटी एफसीबाट खेलेका थिए। दक्षिण कोरियामा खेल्दै चर्चा कमाएका उनले यसअघि सी डिभिजन लिग खेलेका थिए भने नेपालमा भएको साफ यू-१८ च्याम्पियनसमेत खेलेका थिए । विराटनगरले उनलाई हिँड्न ट्यालेन्टको रुपमा टिममा अनुबन्ध गरेको थियो र उनले मैदानमा पनि त्यही खालको प्रदर्शन देखाए ।

उनले एनएसएलमा विराटनगरका लागि लिगका सबै ६ खेलमा वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गर्दै खेलेका थिए । पहिलो रोजाईमा पर्न नसकेपनि उनले अवसर पाउँदा उत्कृष्ट प्रदर्शन गरेका थिए । उनी अट्याकमा जुनसुकै पोजिसनमा समेत खेल्छन् भने बढी जसो विंगरको भूमिकामा खेल्छन् ।

उनले यसअघि खालीबारी फुटबल क्लबका लागि सी डिभिजन लिग खेलेका थिए र त्यहीबाट उनको चर्चा बढेको थियो । दक्षिण कोरियामा बस्दै आएका उनी नेपालमा नागरिकता बनाउन आएका बेला सी डिभिजन लिग खेलेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *