कोरियाले विदेशी परिचयपत्र (Alien Card) मा प्रयोग हुँदै आएको ‘Alien’ शब्द हटाएर ‘ Residence card’ बनायो !

कोरिया समाचार

सिओल

दक्षिण कोरिया सरकारले विदेशी परिचयपत्र (Alien Card) मा प्रयोग हुँदै आएको ‘Alien’ शब्दलाई हटाएर ‘Residence Card’ बनाएको छ।

विदेशी परिचय पत्र प्रयोगमा आएको ५४ बर्षपछी यसमा प्रयोग भएको एलिएन शब्द हटाउने निर्णय गत बर्ष कोरियाली न्याय मन्त्रालयले पारित गरेसंगै यो नियम कार्यान्वयनमा आएको हो।

न्याय मन्त्रालयको सल्लाहकार समितीले एलिएन शब्दले आम विदेशी नागरिकले अपमान तथा नकारात्मक अर्थ दिएको महशुस गरेकोले उक्त शब्द हटाउन मन्त्रालयलाई सुझाव दिएको थियो।

समितीले एलिएन रजिस्ट्रेसन कार्डको ठाउँमा ‘विदेशी आवास कार्ड’ यानिकी ‘Foreigner Residence Card’ बनाएको हो।

मन्त्रालयले नयाँ कार्डका लागी सुझाव समितिले प्रस्ताव गरेको एउटा नाम छनोट गरेर कार्डको डिजाईन परिवर्तन गरेको जनाएको छ।

“हामी आशा गर्दछौं कि विदेशी नागरिकहरूले नयाँ डिजाईन हुने कार्डमा आफुलाई बढी प्रतिनिधित्व भएको महसुस गर्नेछन्,” एक मन्त्रालयका अधिकारीले भने। “हामी धेरै व्यक्तिहरूको कुरा सुनेर नयाँ नीतिहरूमा उनीहरूको आवाज प्रतिबिम्बित गर्ने प्रयास गरेका छौँ।उनले थपे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *