एउटा प्रहरी निरिक्षककाे रहर यात्रा :लाहुरे देखि दक्षिण काेरिया सम्म

बिबिध

सिओल

मान्छेका रहर चाहना अनेकौं हुन्छन् ,कतिका ती रहर र चाहाना पुरा हुन्छन् त कतिका हुदैनन् ।बाल्यकाल देखि यस्तै अनेकौं रहर र चाहना बुनेर अगाडि बढेका एकजना प्रहरी निरिक्षककाे रहर यात्रा भने राेचक छ ।

हाल नेपाल प्रहरीको प्रहरी निरिक्षक पदमा कार्यरत भुपेन्द्र बुढाथोकी लाहुरे बन्ने साेच राख्दा राख्दै अनेकौं रहर सँग ठाेक्किदै यहाँ सम्म पुगेका छन ।मान्छेहरुलाई रहरले कता कता ठाेक्याउछन् भन्ने एउटा उदाहरण उनकाे रहर यात्रा ।

२०५१ सालमा सल्यान जिल्लाको एक मध्यम परिवारमा जन्मेका भुपेन्द्र बुढाथोकी सानै देखि सृजनशिल थिए ।पढाइ लेखाइ देखि गित संगितमा राम्रो लगाव उनी सँग थियो ।कि राम्रो कलाकार बन्ने कि लाहुरे बन्ने उनका बाल्यकालका प्रमुख दुई रहर थिए ।

२०५९ सालमा सल्यान जिल्लावाट बसाई-सराई गरेर आफ्ना परिवारजन संगै उनीहरु दाङ तुलसीपुर झरे । तुलसी बोर्डिंग स्कूल बाट आफ्नो अध्यन सुरु गरे । सल्यानकाे लागि दाङको तुलसीपुर एक प्रकारको शहर नै हाे ।शहरको रमझमले उनलाई गलत बाटोमा हिडाएन,बरु तुलसीपुर शहरको तुलसी बाेर्डिग स्कुलले उनलाई पढाइमा लगनशील र मेहनति बनायो ।

उनी उक्त स्कुलमा निकै राम्रो अंक ल्याउने बिद्यार्थीहर मध्ये अग्रपंक्तिमा देखिए ।अध्यनको क्रममा २०६८ सालमा उनले तुलसी बोर्डिंग स्कुलबाटै एसएलसी परिक्षामा राम्रो नतिजा सहित विशिष्ट श्रेणीमा पास गरे।एसएलसी पछि उनले आफ्नो कक्षा १२ काे अध्यनका लागि तुलसीपुरमै रहेको गोर्खा स्कूलदेखि ब्यबस्थापन संकायमा अध्यन गरे ।त्यसमा पनि उनलेे राम्रो अंक ल्याए ।उमेर, पढाइ बढ्दै जादा भुपेन्द्रका रहर चाहानाहरु पनि बढ्दै गए ।

त्यहाँको पढाइ सकेपछि उनलेे रहरकाे पहिलो राेजाई लाउरे बन्ने सपना पुरा गर्ने साेच बनाए ।उनलेे लाहुरे बन्ने प्रारम्भिक तयारी गर्न घाेराहिकाे एक कम्पनीमा तालिम लिन थाले ।लामो समय सम्म तालिम गर्दा र धेरै प्रयास गर्दा पनि लाहुरे बन्ने उनको रहर पुरा भएन।लाहुरे बन्ने रहरमा ठेस लागेपछि उनलेे भाषा परिक्षा पास गरेर इपिएस मार्फत दक्षिण काेरिया जाने रहर बुने ।

याे रहर पुरा गर्न भुपेन्द्रले भाषा पढ्न पनि सुरु गरे ।तर काेरियन भाषा सिक्दा सिक्दा भुपेन्द्रकाे रहर यात्रा अर्कोतिर माेडियाे ।उनलेे यहि बिच बाट नेपाल प्रहरीकाे असइमा परीक्षा दिने रहर बुने ।पढाइमा मेहनति भुपेन्द्रले अरु रहरलाई विश्राम दिदै पहिलोपटक मै नेपाल प्रहरीको असइमा नाम निकालेर बर्दियामा जागिर खान हिडे ।२०७३ सालमा प्रहरी सेवामा प्रवेश गरेका उनी १ वर्षको तालिम सकेर बाँके जिल्लामा खटिए ।

जीवनमा दुई रहरलाई अगाडि सारेका उनलेे लाहुरे बन्ने रहरलाई स्वदेशी लाहुरेमा परिणत गरे भने अर्को रहर थियोे गायक बन्ने ।प्रहरीमा कार्यरत भएपछि रहर मध्येकाे अर्को रहर संगितलाई पनि उनले अगाडि बढाउने साेच बर्दियामै बनाए । “हामी नेपाल प्रहरी” बाेलकाे गित रचे,जसमा स्वर थियो, चर्चित गाएक राजेश पाएल राईको र सोही गीतमा उनले अभिनय समेत गरे।याे गितले धेरै राम्रो चर्चा पायो र सबैले उनलाई थप चिन्ने माैका समेत पाए ।

त्यस्तै अर्को गीत पनि उनले निकाले, गीत “फुल भनौँ जिन्दगीलाई” जसमा पुर्णिमा लामाको स्वर थियो । जुन गीत पुर्णिमा लामाको पनि चर्चित गीत बन्न पुग्यो ।भुपेन्द्र बुढाथोकीले सोहि गितबाट एउटा अवार्ड समेत पाउन सफल भए । यसरी उनले थुप्रै गितहरु लेखिसकेका छन ।निकै मेहनति बुढाथोकीले गर्दा २०७७ मा प्रहरी सहायक निरिक्षक बाट प्रहरी निरीक्षक जस्तो गरिमामय पदमा नाम निकाल्न सफल भए ।

हाल उनी प्रहरी निरिक्षक भएर इलाका प्रहरी कार्यालय बुटवलमा कार्यरत छन । उनले अहिले सम्म ९ वटा गीतहरु निकालिसकेका छन भने उनले आफ्नो पेशा र सौखलाई संगै अगाडि बढाउने सोचेका छन ।संघर्ष र मेहनत बाट समृद्धिकाे बाटोमा लम्किरहेका बुढाथोकीको सफलता धेरैकाे लागि प्रेरणाको स्रोत बन्न सक्छ ।
(पत्रकार तेज ओलीले तयार पारेको सामाग्री )

Leave a Reply

Your email address will not be published. Required fields are marked *