सृष्टिलाई देखाउने रहर

मुख्य समाचार

पूर्व मिस नेपाल सृष्टि श्रेष्ठको अहिले एउटै काम छ, अभिनेता सौगात मल्ललाई माया गर्ने अनि इन्स्टामा फोटो हाल्ने। कुनै बेलाको यो जोडी यतिबेला कामविहीन छ। दुवैका हातमा उल्लेख्य फिल्म छैनन्। अनि, त टाइमपास कसरी गर्नु ? इन्स्टामा फोटो हाल्यो बस्यो।

केही दिनयता सृष्टिले यही गरिरहेकी छिन्। इन्स्टामा फोटो हाल्ने। तर, संयोग के परेको छ भने उनले पछिल्ला दिनमा जति फोटो हाल्ने गरेकी छिन्, सबैमा सृष्टि बोल्ड छिन्। उनले यस्ता फोटो हाल्नुको कारण खोज्दै जाँदा थाहा भयो, यो त उनको संकेत रैछ, निर्माता÷निर्देशकलाई कि उनी फिल्ममा बोल्ड हुन पनि तयार छिन्।

किनकि, सृष्टिलाई आजसम्म दर्शकले जति हेरे, गाउँले र शालीन युवतीको भूमिकामा। ‘गाजलु’मा सृष्टि पूर्व कुमारीको भूमिकामा थिइन्। लुगा खोल्नै मिलेन। ‘बाँध माया’मा गाउँले प्रेमिकाको भूमिकामा थिइन्। यहाँ पनि त्यस्तो मौका मिल्ने कुरै भएन। पछिल्लो रिलिज ‘रोमियो एन्ड मुना’मा पनि उनको रोल त्यस्तै थियो धेरै खुल्न नमिल्ने। अब फिल्ममा कतै पनि आफ्नो चिटिक्क परेको शरीर देखाउन नपाएपछि बिचरीले के गरुन्, इन्स्टामै देखाइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *