सुवनको रे’ड लाईट एरिया जुन १ तारिखदेखी बन्द !

कोरिया समाचार

सिओल

दक्षिण कोरियाको सुवन शहरको स्टेशन नजिकै रहेको ‘सिसाघर’ यहि जुन १ तारिखबाट ब’न्द भएको छ।

अहिले त्यहाँ यस्तो ब्यवसाय ब’न्द गरिएको सूचना दिने ब्यान’रहरु देख्न सकिन्छ। यो ब्यवसाय करिब २१ हजार बर्गमिटर क्षेत्रफलमा फै’लिएको थियो भने यहाँ २ सय ५० देखि ३ सयको हाराहारीमा यस्तो ब्यवसाय गर्ने महिलाहरु रहेका थिए।

यहाँ दे’हब्या’पार गर्ने करिब १ सय स्टलहरु थिए।यहाँ काम गर्ने अधिकांस महिलाहरु अन्य ठाउँमा काम गरि बाँच्न सक्ने स्थि’ति नभएकाले यहि व्यवसाय गरिरहेको बताउँदै आइरहेका थिए। यो व्यवसाय हुने सुवनमा प्रवेश द्वारदेखि अन्तिमसम्म सबै स्टलमा सिसाले बेरिएका थिए।

अहिले सिसाभित्र रातो पर्दा लगाइएको छ भने सिसामा क्रस’ चिन्ह बनाइएको छ जसको अर्थ ब’न्द भन्ने हुन्छ। कुनै कुनै स्टलमा अहिले पनि यो व्यवसाय गर्नेहरुले प्रयोग गरेका टुल, जुत्ता, कपडा इत्यादी देख्न सकिन्छ।

अहिले सुवन क्षेत्रमा रहेका एड’ल्ट थि’यटर, गेमरुम, तथा मोटेलहरु बन्द भइसकेका छन भने कतिपयमा साहुले त्यस्तो ब्यवसाय छोडेर पला’यन भइसकेका छन। यस्ता स्टलको गेटमा अहिले ‘उनहासु गाउँको विकासका लागि यो व्यवसाय ब’न्द गरिएको’ भनेर ब्यानर टाँसिएको छ भने ‘अब भविष्यमा दे’ह’व्या’पार गर्नेछैनौं’ भनेर समेत लेखिएका ब्या’नर देख्न सकिन्छ।

सुवनमा यो व्यवसाय करिब ६० बर्षदेखि निरन्तर चल्दै आइरहेको थियो। यो व्यवसाय बन्दको त्यहाँका स्थानियले खुशी हुँदै स्वागत गरेका छन। त्यहि क्षेत्रमा ३३ बर्षदेखि औ’षधि पसल चलाईरहेका एक ब्यापारीले स्टल देखाउँदै भने त्यो एउटा स्टलमा पहिले चाउचाउ पसल थियो भने त्यो अर्को स्टलमा पहिला मासु पसल थियो। उनका अनुसार यो व्यवसाय हुने क्षेत्रमा विशेष गरि विदेशीहरुको ज’मघट बा’क्लो हुनुका साथै ह्वासङ, फेनथेक, आनसानबाट पनि कोरियनहरु समेत आउने गर्दथे।

यो व्यवसाय बन्द भएपछी त्यहाँ काम गर्ने महिलाहरु भने आफूहरु के गर्ने कसरी बाँ’च्ने भनेर चि’न्तित छन। यसैबिच सुवन सिटी महिला पोलिसि कमिटीले उनिहरुलाई एक बर्षसम्म बस्ने खाने ब्य’वस्था गर्ने बताएको छ। यो ठाउँमा अब सुवनको स्थानिय सरकारले रोड फ’राकिलो बनाउने तथा कम्युनिटीको साँस्कृतिक तथा कल प्रबर्धनका लागि प्रयोग गर्ने भएको छ।

ईपिएस साथीबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *