बासुदेव भट्ट/काठमाडौं
प्रवासी श्रमिकहरुकाे हकहितको पक्षमा काम गर्ने दक्षिण काेरियामा आधिकारिक रुपमा दर्ता भएको एक मात्र संस्था प्रवासी मजदुर युनियन (MTU) ले प्रक्रिया पुरा गरेका श्रमिकलाई तत्काल काेरिया ल्याउन दक्षिण काेरियामा दबाबमूलक कार्यक्रम भएको छ ।
काेराेनाकाे कारण देखाउदै दक्षिण काेरियाले प्रकृया पुरा गरेर काेरिया जान पर्खाइमा बसेका हजारौं युवाहरूलाई अड्काएपछि त्यहाँको सरकारलाई दबाब दिने उदेश्यले युनियनका अध्यक्ष उदय राईकाे नेतृत्वमा दबाबमूलक कार्यक्रम भएको हाे ।
प्रवासी मजदुर युनियन (एमटियु) ले इपिएस भाषा परीक्षा उत्तीर्ण गरी सम्पूर्ण प्रक्रिया पुगेका नेपाल लगायत १६ वटा देशका श्रमीकहरुलाई उचित मापदण्ड सहित छिटो दक्षिण कोरिया ल्याउनु पर्ने माग सहित आइतबार पुनः राजधानी सिओलमा राष्ट्रपति कार्यालय अगाडि दबाब प्रर्दशन गरेको हो।
कोरियाली सरकारले बिगत १६ महिना देखि कोरिया प्रवेशमा रोक लगाएको अवस्थामा त्यहाँ रहेको मजदुरहरूको संगठन एमटियुले प्रकिया पूरा गरेका कामदारहरुलाई कोरिया ल्याउनु पर्ने दबाब दिएको छ ।मागहरू सम्बाेधन नभए सम्म यस्ता कार्यक्रम जारि राख्ने अध्यक्ष उदय राइले बताए ।
प्रवासी मजदुर युनियनको मागहरु काेरिया सरकारले महत्त्वपुर्ण रुपमा लिने गर्छ ।यस अगाडि श्रमिकको पारिश्रमिक बृद्वि हुनुपर्ने ,श्रमिक माथि हुने विभेदभावपूर्ण व्यवहारहरु अन्त गर्नुपर्ने ,साहुमाथि भएको एकाधिकार अन्त हुनुपर्ने आदि मुद्दाहरु युनियनले उठाएकाे थियाे ।यी मुद्दाहरु प्राय जसाे काेरिया सरकारले सम्बाेधन समेत गरेको छ ।याे दबाबले त्यहाँको सरकारले केही धारणा बनाउन सक्ने अपेक्षा लिइएको छ ।