सिओल
कोरियामा मुख्य प्रतिपक्षी ‘पिपुल पावर पार्टी’ काे अध्यक्षमा शुक्रबार ३६ बर्षिय युवक निर्वाचित भएका छन। दक्षिण कोरियाकै इतिहाँसमा मुख्य राजनैतिक दलमा पहिलो पटक कम उमेरका ब्यक्ति पार्टी प्रमुखमा निर्वाचित भएका हुन।लि जुन सक उमेरमा मात्र ३६ वर्षका छन। उनि यसअघि कहिल्यै संसद सम्म भएका थिएनन। लि जुन सकलाई अर्को वर्ष हुने कोरियाको राष्ट्रपतिको निर्वाचनमा आफ्नो पार्टीलाई अघि बढाउने ठूलो जिम्मेवारी थपिएको छ। दक्षिण कोरियाले अर्को वर्षको मार्चमा नयाँ राष्ट्रपतिका लागि निर्वाचन हुदै ।
लि जुन सकले पार्टी अध्यक्षका लागि भएको मतदानमा ४३.८ प्रतिशत भोट पाएका थिए। उनले आफ्नो दलभित्र लामो समय काम गरेका र स्थापित तथा नाम चलेका ४ जनालाई पराजित गर्न सफल भएका हुन। यसअघि पार्टी भित्र ठूलो पोष्टमा समेत नरहेका उनि अध्यक्ष पदका लागि ‘अण्डरडग’ का रुपमा सबैले हेरिरहेका व्यक्ति थिए। औपिनियन पोलमा उनले पाएको मत देखेरै धेरै मानिस चकित भएका थिए भने अध्यक्ष पदको प्रारम्भिक चुनावमा समेत जित हात पार्दा धेरैले उनको लोकप्रियतालाई पहिचान गरिसकेका थिए।
लि जुन सक संसारकै प्रसिध्द हारवर्ड विश्वविद्यालय ग्राजुएट विद्यार्थी समेत हुन। उनले सन २०११ मा पार्टीमा प्रवेश गरेका थिए। उनि २६ बर्षको हुँदा पार्टीमा लागेका हुन। पार्टी भित्र त्यसबेलाका प्रमुख नेता पार्क ग्युन हे जो पछि कोरियाको राष्ट्रपति समेत बन्न पुगिन उनको चर्को बिरोधीका रुपमा उनि चिनिएका थिए। सन २०१७ मा भ्रष्टाचारमा दोषि प्रमाणित भइ राष्ट्रपति पदबाट पदच्युत भएकी पार्क ग्युन हेका नराम्रा प्रबृत्तिको पार्टीभित्र उनले चर्को विरोध गर्दै पार्टी लाई रिफर्म गर्नुपर्छ भनि उनले आवाज उठाएका थिए।
त्यसबेला लि जुन सकलाई पार्टीभित्र विरोध गरेको र एक महिला नेता बिरुध्द लागेको भनि पार्टि भित्र तथा पार्टी बाहिरबाट समेत आलोचना भएको थियो। तर उनको यो जितले पार्टि प्रमुखका लागि चुनाव लडेका २ चिनिएका अनुहारहरुलाई ठूलो धक्का लागेको छ। ४ पटक संसद भइसकेका ना क्युन वन र ५ पटक संसद चुनिइसकेका हो योङ दुबैलाई उनले यसपटक नराम्रोसँग पछारेका छन।हरेक ठाउँमा युवा पुस्ता नेतृत्वमा आउनुपर्ने माग उठिरहेको सन्दर्भमा यी युवाको आगमनले विश्वभर चर्चा सुरु भएको छ ।एजेन्सीको सहयोगमा