दक्षिण कोरिया जाने कामदारलाई ५ हजार डलरको कोरोना बिमा !

कोरिया समाचार

सिओल

वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया जाने कामदारलाई सरकारले कोभिड-१९ बीमा गराउने तयारी गरेको छ ।वैदेशिक रोजगार विभागले कोरिया जाने कामदारहरूलाई बीमा गराउन कम्पनीहरूको खोजी गरेको छ ।

इपीएस कोरिया शाखाका अनुसार कोरिया सरकारले नेपाली कामदार लानका लागि शर्त राखेकोले बिमा गर्नलाई कम्पनीहरू सूचीकृत गर्न लागेको हो । कामदार आफैँले बीमाको प्रिमियम रकम तिर्नुपर्ने ईपीएस कोरिया शाखाका निर्देशक इन्द्र गौतमले जानकारी दिए ।

विभागले साउन ४ गतेभित्र ईच्छुक कम्पनीहरूले निवेदन बुझाउन आह्वान गरेको छ । कोरिया पुगेको मितिबाट १४ दिनसम्मका लागि पाँच हजार डलर बीमा गराउने तयारी गरेको हो । बीमा प्रिमियमबापतको रकम कुनै पनि सेवा शुल्क नलिई र नकटाई सेवा दिने शर्तमा बीमा कम्पनीहरूसँग सम्झौता गर्नेछ ।

कोरियाले छोट्टायो श्रमिकको काम गर्ने समय , सरकारी बिदाको समेत तलब पाइने

दक्षिण कोरियाले कम्पनीमा कार्यरत श्रमिकको काम गर्ने समय छोट्टाएको छ l यहि जुलाई १ तारिख देखि लागु भएको नियमानुसार ५ जना भन्दा धेरै कामदार रहेको कम्पनीमा हप्तामा बढीमा ५२ घण्टा मात्र काम गर्न पाइने छ l यस भन्दा पहिला जनवरी १ तारिख देखि ५० जना भन्दा धेरै कामदार भएको कम्पनीमा उक्त नियम लागु भैसकेको छ l

नियमानुसार दैनिक ८ घन्टाको दरले ५ दिनमा बेसिक समय ४० घण्टा पुग्छ भने अतिरिक्त समय १२ घण्टा भन्दा बढी काम लगाउन पाउने छैनन् l यधपी प्रवासी श्रमिक संगठन एम टि युका अध्यक्ष उदय राइका अनुसार सन २०२२ को डिसेम्बर सम्मको लागि उक्त कम्पनिको श्रमिक लिडरले ८ घण्टा थप अतिरिक्त काम गर्ने सम्झौता गरेमा हप्तामा ६० घण्टा सम्म काम गर्न पाइने छ l तर त्यसको लागि ५ देखि २९ जना श्रमिक भएको कम्पनि हुनु पर्ने छ l यो ५२ घन्टाको नियम हाल ५ जना भन्दा कम कामदार भएको कम्पनीहरुमा लागु भएको छैन l

त्यसैगरी सन् २०२२ देखि श्रमिकले सरकारी बिदा (रातो बिदा )को समेत तलव भुक्तानी पाउने छन् l यस भन्दा पहिला केहि निश्चित बिदा बाहेक रातो बिदा , छुसक ,सलनाल आदिमा काम नभए कम्पनि मालिकले तलब काट्न पाउने नियम थियो l साथै आगामी नोभेम्बर देखि कम्पनि मालिकले अनिबार्य रुपमा तलब भुक्तानीको विवरण श्रमिकलाई दिनु पर्ने नियम समेत पारित भएको एम टि यु का अध्यक्ष राइले बताए l

Leave a Reply

Your email address will not be published. Required fields are marked *