बढ्यो कोरियामा श्रमिकको तलव,मासिक १९ लाख वोन भन्दा बढी कमाई हुने !

कोरिया समाचार

सिओल

दक्षिण कोरियामा सन् २०२२को लागी श्रमिकको न्युनतम ज्याला बढेको छ l ज्याला निर्धारण समितिको पटक पटक बसेको बैठक पश्चात सोमबार ५ प्रतिशत अर्थात प्रतिघन्टा ४ सय ४० वोन बृद्वी गर्ने अन्तिम टुङ्गो लागेको हो l

उक्त बृद्वीले प्रतिघन्टा ९ हजार १ सय ६० वोन हुने छ भने एक महिनामा न्युनतम काम गर्ने समय २०९ घण्टा बराबरको तलब १९ लाख १४ हजार ४ सय ४० वोन अर्थात करिब १ लाख ९५ हजार नेपाली रुपिया हुने छ l

हाल , २०२१मा प्रति महिना अर्थात २०९ घण्टा बराबरको तलब १८ लाख २२ हजार ४ सय ८० छ lज्याला निर्थारण समिति बाट ज्याला बृद्वीको अन्तिम टुङ्गो लागेतापनि संसदबाट पास भैसकेपछि उक्त नियम सन् २०२२ जनवरी १ तारिख देखि लागु हुने छ l

कोरियामा हरेक बर्ष त्रिपक्षिय बैठक बसी श्रमिकको ज्याला बृद्वीको अन्तिम टुङ्गो लगाउने गरिन्छ l त्रिपक्षिय भन्नाले सरकारी पक्ष , ब्याबसायिक पक्ष र श्रमिक पक्ष पर्दछन l यसभन्दा पहिला पटक पटक बसेको बैठकमा मजदुर संगठनले प्रतिघन्टा १० हजार वोन हुनु पर्ने अडान नछाडेका कारण अन्तिम निष्कर्षमा पुग्न सकेको थिएन l

प्रवासी मजदुर संगठन (एमटियु ) का अध्यक्ष उदय राइका अनुसार राष्ट्रपति मुन जे इनको चुनावी घोषणा अनुरुप प्रतिघन्टा १० हजार वोन हुनु पर्ने माग राख्दै एमटियु, केसीटियु लगाएतका मजदुर संगठनहरुले कडा आन्दोलन गर्दै आइरहेका छन् l

कोरियाले छोट्टायो श्रमिकको काम गर्ने समय , सरकारी बिदाको समेत तलब पाइने

दक्षिण कोरियाले कम्पनीमा कार्यरत श्रमिकको काम गर्ने समय छोट्टाएको छ l यहि जुलाई १ तारिख देखि लागु भएको नियमानुसार ५ जना भन्दा धेरै कामदार रहेको कम्पनीमा हप्तामा बढीमा ५२ घण्टा मात्र काम गर्न पाइने छ l यस भन्दा पहिला जनवरी १ तारिख देखि ५० जना भन्दा धेरै कामदार भएको कम्पनीमा उक्त नियम लागु भैसकेको छ l

नियमानुसार दैनिक ८ घन्टाको दरले ५ दिनमा बेसिक समय ४० घण्टा पुग्छ भने अतिरिक्त समय १२ घण्टा भन्दा बढी काम लगाउन पाउने छैनन् l यधपी प्रवासी श्रमिक संगठन एम टि युका अध्यक्ष उदय राइका अनुसार सन २०२२ को डिसेम्बर सम्मको लागि उक्त कम्पनिको श्रमिक लिडरले ८ घण्टा थप अतिरिक्त काम गर्ने सम्झौता गरेमा हप्तामा ६० घण्टा सम्म काम गर्न पाइने छ l तर त्यसको लागि ५ देखि २९ जना श्रमिक भएको कम्पनि हुनु पर्ने छ l यो ५२ घन्टाको नियम हाल ५ जना भन्दा कम कामदार भएको कम्पनीहरुमा लागु भएको छैन l

त्यसैगरी सन् २०२२ देखि श्रमिकले सरकारी बिदा (रातो बिदा )को समेत तलव भुक्तानी पाउने छन् l यस भन्दा पहिला केहि निश्चित बिदा बाहेक रातो बिदा , छुसक ,सलनाल आदिमा काम नभए कम्पनि मालिकले तलब काट्न पाउने नियम थियो l साथै आगामी नोभेम्बर देखि कम्पनि मालिकले अनिबार्य रुपमा तलब भुक्तानीको विवरण श्रमिकलाई दिनु पर्ने नियम समेत पारित भएको एम टि यु का अध्यक्ष राइले बताए l

हेल्लो नेपाल कोरिया डटकम बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *