कोरियामा तातो हावाको प्रकोप बढदै !हिट स्ट्रोक के हो? कसरी बच्ने पुरा जान्नुहोस !

कोरिया समाचार
सिओल

कोरियाको गर्मी महिना एकदमै असह्य हुन्छ । गर्मी महिनामा रमाइलो गर्ने थुप्रै गतिविधि त हुन्छन् तर तातो हावाको लहरका कारण भने बाहिर निस्कन निकै समस्या हुन्छ । यसलाई यदि सहि तरिकाले नलिने हो भने तातो हावाको लहर एकदमै खतरनाक पनि हुन सक्छ ।

आजको लेखमा तातो हावाको लहरका कारण हुने हिटस्ट्रोक र यसको रोकथाम बारे केही जानकारी दिने प्रयास गरिएको छ ।

हिट स्ट्रोक के हो?

हिट स्ट्रोक शरीरले तापक्रम नियमन गर्न नसकेपछिको मेडिकल आकस्मिक अवस्था हो । शरीरमा अत्यधिक तातो बढेपछि त्यस्ता व्यक्तिलाई तुरुन्तै उपचारको जरुरी हुन्छ । यो एकदमै अचानक हुन्छ । तर यसको उपचार र रोकथामको सहि ज्ञानले गर्मी महिनामा कोरियामा कुनै असुविधाबिना रमाइलो गर्न सकिन्छ ।

हिटस्ट्रोकका कारणहरु

– अत्यधिक तातो र घाममा लामो समय बस्दा
– प्रशस्त पानी नपिउँदा
– गर्मीमा आरामको कमी
– शरीरलाई गर्मीबाट बचाउने उपायको प्रयोग नगर्दा

हिटस्ट्रोका लक्षणहरु

– टाउको दुख्ने
– मांशपेशीमा पीडा
– वाकवाक लाग्ने
– पिशाब फेर्न गाह्रो हुने
– धेरै पसिना आउने वा पसिनै नआउने
– शरीरको तापक्रम बढ्ने वा छालाको असामान्य अवस्था
– सिधा उभिन नसक्ने
– पानी पिउन गाह्रो हुने

उपचार

उल्लेखित लक्षणहरु देखिएमा तत्काल हुने जोखिमलाई कम गर्नका लागि निम्न कार्यहरु गर्न सकिन्छ । यि प्राथमिक उपचारमात्र भएकाले यस्तो अवस्थामा जतिसक्दो छिटो हस्पिटल लैजानु उपयुक्त हुन्छ । आकस्मिक रुपमा हस्पिटल लैजानुपरेमा के गर्ने भन्नेबारेको जानकारी यहाँ क्लिक गरि पढ्न सक्नुहुन्छ ।
– व्यक्तिलाई चिसो ठाउँमा लैजाने
– शरीरको तापक्रम घटाउने प्रयास गर्ने, पानी छम्किने, विरामीले धेरै लुगाा लगाएको छ भने केही कम गर्ने ।
– प्रशस्त मात्रामा पानी था सोडियम ख्वाउने । विरामीले वान्ता गरिराखेको छ भने चाहिँ उसलाई पानी धेरै खान बल नगर्ने ।
– विरामीलाई आराम गर्न दिने र आवश्यक भएमा एम्बुलेन्स बोलाउने ।
कोरियनहरुले तातो हावाबाट बच्न निम्न उत्पादनको प्रयोग गर्छन् ।

घामबाट बच्ने छाता

कोरियनहरु पानी नपरेको समयमा पनि छाता ओडिरहेका हुन्छन् । कोरिया जस्तो धेरै हिँड्नु पर्ने राष्ट्रमा अल्ट्राभ्वाइलेट किरणबाट बचाउने छाता एकदमै जरुरी हुन्छ । गर्मी ओड्ने विशेष किसिमका छाता केही औषधी पसल, डिपार्टमेण्ट स्टोर वा स्टेशनमा भएका मलहरुमा उपलब्ध हुन्छ । छाता किन्दा ‘यूभि कट’ ट्याग भएको छाता खरिद गर्नुपर्छ ।

सि ब्रिज कुलिङ वाइप्स

यी वाइप्सहरु अन्य नियमित वाइप्सजस्तै प्याकेजमा उपलब्ध हुन्छ । यो छालामा प्रयोग गर्दा शितलताको अनुभव हुन्छ । केही केही वाइप्स विभिन्न वास्नायुक्त पनि हुन्छन् । यस्ता वाइप्स औषधी पसल र डिपार्टमेण्ट स्टोरमा पाइन्छन् ।

कुलिङ अण्डर सर्ट

युनिक्लो जस्ता कोरियाका अधिकांश कपडा उत्पादक कम्पनीले शरीरलाई चिसो बनाउने प्रविधि भएको सर्ट र टप्सहरु विक्री गर्छन् । युनिक्लोको कुलिङ लाइन अनलाइन र डिपार्टमेण्ट स्टोरमा खरिद गर्न सकिन्छ ।

हाते पंखा

हाते पंखाको प्रयोग कोरियामा धेरै नै गरिन्छ । यसको मूल्य पंंखाको गुणस्तरमा निर्भर हुन्छ । थुप्रै राम्रा र आकर्षक डिजाइनमा उपलब्ध हुने यस्ता हाते पंखा गर्मीबाट बच्न निकै उपयोगी हुन्छन् । यो सजिलै खरिद गर्न सकिन्छ ।

हिटस्ट्रोकबाट बच्ने तरिका

– बाहिर निस्कँदा मौसमको राम्रो जाँच गर्ने, सहि कपडाको प्रयोग गर्ने
– घामबाट आफूलाई सकेसम्म सुरक्षित राख्ने
– स्वास्थ्यबर्दक पेय पदार्थ सधैं बोक्ने तर मदिराको प्रयोग भने गर्नु हुँदैन
– तातोसँग लड्न शरीरलाई पनि सिमित तापक्रममा राख्नुपर्छ
– खर्बुजा, काँक्रो लगायतका खानेकुरा प्रशस्त मात्रामा खाने
– पानी प्रसस्त मात्रामा पिउने, गर्मीकै लागि भनेर तयार पारिएका ड्रिंक्सहरु पिउने, स्पोर्ट ड्रिंक्सहरु पनि पिउन सकिन्छ । डाक्टरहरुको सुझावअनुसार सबैभन्दा राम्रो भन्दा दुध र दही पिउनु हो ।
– बस्ने कोठाको एसी सन्तुलित रुपमा प्रयोग गर्ने, कहिले बढि कहिले कम नगर्ने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *