काेरिया श्रमिक पठाउने विषय अपडेट : महानिर्देशक दवाडी यसाे भन्छन्

कोरिया समाचार

बासुदेव भट्ट/काठमाडौं

काेराेनाकाे कारणले लामाे समय देखि अबरुद्ध दक्षिण काेरिया नेपाली श्रमिक पठाउने प्रक्रिया अन्तिम चरणमा पुगेको नेपाली अधिकारीरुले बताएका छन् ।

हाम्रा खबर डटकमले यसबारे गरेको अपडेट प्रश्नमा राेजगार विभागका महानिर्देशक कृष्ण दवाडीले काेरियाले राखेका तीन सर्तहरू पुरा गरिएको र अब भाडाको विषय मात्रै टुंगो लगाउन बाँकी रहेको बताए ।

बिमा कम्पनी सुचिकृत गर्ने काम पनि अन्तिम चरणमा पुग्यो ,अब श्रमिकहरु काेरिया जादा लाग्ने जहाज भाडाको विषय टुंगो लगाउन मात्रै बाँकी छ दवाडीले भने ।कहिले सम्म फलाइट हुन्छ त भन्ने प्रश्नकाे जवाफमा दवाडीले भने, ठ्याक्कै यहि दिन बाट त भन्न सकिन्न तर अवस्थामा फेरबदल भएन भने केही हप्ता भित्र बाट उडान सुरु हुनेछ ।

अन्तिम चरणमा मात्रै भनेर खबर आउछन् तर कामकाे परिणाम हुदैन भनेर पिडितहरुकाे गालीकाे वर्षा हुन्छ नि ? भन्ने प्रश्नमा महानिर्देशक दवाडी भन्छन्, अब अवस्था विगतको जस्तो हुदैन आशा गराै केही हप्ता भित्र नेपाली काेरिया उड्न पाउछन् ।

हाम्रो कारणले ,हाम्रो ढिलासुस्तीले याे प्रक्रिया राेकिएकाे हाेइन,काेराेना र काेरियाकाे कारणले राेकिएकाे हाे,हामीलाई गालि गरेर नेपाली दाजुभाइहरुले के नै हुन्छ र दवाडीले भने?

नेपाल सरकारकाे पक्ष बाट गर्नुपर्ने सबै प्रक्रिया,दबाब अनुरोध काेरियालाई नेपालले गरिरहेकाे दवाडीकाे भनाइ छ ।सुरुमा कमिटेड श्रमिक काेरिया पठाउने अनि इपिएस पास गरेर सबै प्रक्रिया पुरा गरेका श्रमिक पठाउने तयारी रहेको छ ।

हाम्रा खबर डटकममा बासुदेब भट्टको रिपोर्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *