सिओल
दक्षिण कोरियामा दिनानुदिन तापक्रम बढदो मात्रामा छ।दक्षिण कोरियाको राजधानी सिओलको तापक्रम यो सिजनको सबैभन्दा बढी रेकर्ड गरिएको छ।
दक्षिण कोरियामा तातो हावाको बहाव बढेसंगै मौषम बिज्ञान बिभाग ले यहाँका बिभिन्न सहरहरुमा हिट वेभ अलर्ट जारी गरेको छ।
शनिवार राजधानी सउलको अधिकतम तापक्रम ३६.५ डिग्री सेल्सियस मापन गरिएको थियो। कोरियाको मौषम विज्ञान बिभागले दिएको जानकारी अनुसार शनिवारको यो तापक्रम यस बर्षकै सबैभन्दा धेरै हो।
कोरियामा अर्को हप्तासम्मै तातो हावाको प्रकोप निरन्तर चल्ने मौषम बिज्ञान बिभागलाई उदृध गर्दै दक्षिण कोरियाली संचार माध्यमहरुले जनाएका छन।
अवको १५ दिनसम्म दक्षिण कोरियाका अधिकाँश सहरहरुमा दिउसोको अधिकतम तापक्रम ३५ डिग्री भन्दा माथी हुने जनाईएको छ।
दक्षिण कोरियाको दक्षिणी भुभाग बुसान थेजन लगायतका सहरहरुमा तातो हावाको लहर बढेसंगै कोरियाली मौषम बिभागले उच्च शतर्कता अपनाउन अनुरोध गरेको छ।