काठमान्डौ
सरकारले रोजगारीका लागि इजरायल जना चाहनेका लागि आवेदन माग गरेको छ । नेपाल सरकार र इजरायल सरकारबीच भएको श्रम स’म्झौता अनुसार शुरुमा १ हजार जनाका लागि रोजगारी खुलाएको हो ।
वैदेशिक रोजगार विभागका अनुसार इजरायलले सुसारे (केयरगिभर) कामका लागि हजार नेपाली श्रमिक लैजान खोजेको हो । इजरायलमा दीर्घकालीन स्या’हार के’न्द्रमा सहायक कामदारका रुपमा काम गर्नका लागि योग्यता पुगेका इच्छुक नेपालीहरुले आ’वेदन दिन सक्नेछन् ।
सरकारले गतवर्ष इजरायल र नेपालबीच श्र’म स’म्झौ’ता गर्दै पहिलो चरणमा ५ सय जना कामदार पठाउने सम’झदारी गरेको थियो । १ हजार कामदार माग भएसँगै कसरी पठाउने भनेर सरकारी अधिकारीहरूले तयारी थालेका छन् । विभागका अनुसार इजरायलमा केयरगिभरका लागि जाने कामदारका लागि २१ दिनको म्या’द राखेर आ’वेदन खुलाइएकाे छ ।
क कसले दिन पाउँछन आवेदन?
२५ वर्ष पूरा भइ ४५ वर्ष ननाघेको नेपाली नागरिक, कम्तीमा १.५ मिटर उचाइ र कम्तीमा ४५ किलो तौल भएको हुनुपर्नेछ भने कम्तीमा १० कक्षा उत्तीर्ण गरी अनमी वा सीएमए सम्बन्धी विषयमा कम्तीमा १५ महिना अध्ययन पूरा गरेको वा १० प्लस २ वा सो सरहको शैक्षिक यो’ग्यता हासिल गरी सरकारबाट मान्यताप्राप्त तालिम प्रदायक संस्थाबाट केयर गिभिङ सम्बन्धी कम्तीमा तीन महिना तालि’म प्राप्त गरेको हुनुपर्नेछ ।
विगतमा इजरालयलमा गइ काम नगरेको तथा बुबा, आमा, पति, पत्नी, छोरा, छोरी इजरायलमा बसोबास नगरेको वा कार्यरत नरहेको हुनुपर्नेछ।