सिओल
काकाओ कम्पनीका संस्थापक अध्यक्ष यस बर्ष कोरियाको सबैभन्दा धनी व्यक्तिको सुचीमा आफ्नो नाम लेखाएका छन।उनी यस बर्षको आफ्नो कम्पनीको शेयर लाभ बाट धनाढ्य बनेका हुन।
ब्लुमवर्ग अर्वपति सुचकाङ्क ब्लुमवर्ग रिपोर्टका अनुसार दक्षिण कोरियाको काकोओ कमपनीका ५५बर्षिय मालिक किम बम सु १३.४ विलियन डलरका साथ दक्षिण कोरियाको सबैभन्दा धनी व्यक्तिमा आफ्नो नाम लेखाएका हुन।
उनलाई पछ्याउदै दक्षिण कोरियाली बहुरास्ट्रिय कम्पनी सामसङ ईलेक्ट्रोनिक्स का उपाध्यक्ष लि जे यङ्ग १२.१ विलियन डलरका साथ कोरियाको दोस्रो धनाढ्य को सुचीमा नाम लेखाएका छन।
काकाओ कम्पनीको शेयर गत जनवरी देखी अहिले सम्मको अन्तरालमा करिब ९१ प्रतिशतले बढेसंगै किमको सम्पत्ति यसबर्ष ६ विलियन अमेरिकी डलरले बढेको हो।
ईन्टरनेटमा आधारित टेक कम्पनी काकाओ बैङ्कले यसबर्ष आफ्नो सुबिधाको दायरा बढाएपछी यसको शेयर मुल्यमा अत्यधिक बृद्दी भएको थियो।कम्पनीले आउदो महिना स्थानिय बजारमा आफ्नो शेयर डेब्यु गर्दैछ।
किमले २०१० देखी काकाओ मोबाईल म्यासेन्जर स्थापना गरेपछी कोरियामा यो प्ल्याटफ्रमको प्रयोगकर्ता ह्वात्तै बढेका थिय।समय बितेसंगै यसको लोकप्रियता बढेका कारण उनले यसलाई विस्तार गरी काकाओ बैङ्क,काकाओ ट्याक्सी,तथा काकाओ गेम सेवा प्रदान गरेको छ।
५७.६६ विलियन डलरको बजार पुँजि संगै सामसङ्ग ईलेक्ट्रोनिक्स,एसके हाईनिक्स र नेभर कम्पनी पछी काकाओ कम्पनी कोरियाको स्थानिय बजारमा चौँथो सबैभन्दा ठुलो कम्पनी हो।
दक्षिण कोरियामा किम स्वव्यबसाय गर्ने व्यक्ति मा चर्चित छन।उनी सामान्य परिवारमा जन्मेका थिय।ऊनका वुवा विगतमा मासु काटने बुचर चलाउथेँ।
सउल न्यासनल युनिभर्सिटी बाट औधोगिक ईन्जिनियरिङ मा स्नातकोत्तर गरेका उनले पहिलो जागिर नेभर कम्पनीका मालिक लि हेजिन संग सामसङ्ग आई टी सर्भिसमा सामसङ्ग एसडिएस को भुमिकामा काम गरेका थिय।
गत नयाँ बर्षको सम्बोधनमा किमले आफ्नो सम्पत्तिको आधा हिस्सा सामाजिक काममा दान दिने घोषणा गरेका थिय।गत मार्चमा उनी वारेन बफेट,बिल गेटस र मेलिन्डा गेटस द्वारा सन्चालित गिभिङ्ग प्लेज्ड ईनिसियटिभस मा सामेल भएका थिय।
उनले आफ्नो अङ्ग्रेजी नाम पाएपछी गत जुन महिनामा फिल्यान्थ्रोपी फाउन्डेसन र ब्रायन ईम्प्याक्ट दर्ता गरेका थिय।फाउन्डेसनले आर्टिफिसियल ईन्टेलिजेन्स जस्ता भविस्यका ईन्टरनेट टेक्नोलोजी हरुलाई सहयोग पुर्याउछ।उनले यो फाउन्डेशन खोल्न काकाओको ५०० विलियन वोनको शेयर बेचेका थिय।