सिओल
दक्षिण कोरियाको विदेशी मुद्रा सन्चितीले नयाँ रे’कर्ड बनाएको छ। यस्तो सन्चिती कोरियाको इतिहासमा अहिले सम्मकै सबैभन्दा धे’रै पुगेको छ।
जुलाई महिनामा अमेरिकी डलर क’मजोर हुन पुग्दा कोरियाको डलर बाहेकका सम्पति बढ्न पुगि सन्चिती उ’च्च हुन पुगेको हो। कोरियाको केन्द्रिय बैंकले बुधबार प्रकाशित गरेको रि’पोर्टमा विदेशी मुद्रा संचिती बढेको देखिएको हो।
कुनै पनि मुलुक आर्थिक दृष्टिले स्व’स्थ रहन त्यो मुलुकसँग विदेशी विनिमयको पर्याप्त सञ्चिती हुनु जरुरी हुन्छ। किनभने कुनै बेला देशभित्र वा बाहिरको कार’णले मुलुक ग’म्भीर आर्थिक स’ङ्कटमा पर्यो भने यस्तो सञ्चितीको उपयोग गरेर त्यस्तो स’ङ्कटबाट बच्न सकिन्छ।
देश बाहिरबाट वस्तु तथा सेवा आयात गर्न, सरकारको विदेशी ऋणको साँवा ब्याज भुक्तानी गर्न, विदेशमा रहेका आफ्ना राजदूतावासहरू सञ्चालन गर्न, देशका नागरिकहरू विभिन्न काममा विदेश भ्रमणमा जान, देशका विद्यार्थी तथा कर्मचारीलाई विदेशमा अध्ययन गर्न र प्रशिक्षण लिन, औ’षधोपचार गर्न, अन्तर्राष्ट्रिय तथा क्षेत्रीय सङ्घ संस्थाको सदस्यता शुल्क तिर्न, देशका भी.आई.पी. (ज्या’दै महìवपूर्ण व्यक्तित्व) हरूले विदेश भ्रमण गर्नलगायत प्रयोजनको निमित्त कुनै पनि देशलाई विदेशी मुद्रा नभई हुँदैन। त्यसैले विदेशी मुद्राको सञ्चितीलाई अर्थतन्त्रको स्वा’स्थ्यको मापक मानिन्छ।
बैंक अफ कोरियाका अनुसार कोरियाको विदेशी मुद्रा संचिती जुलाईको अन्तिममा ४ सय ५८.७ बिलियन अमेरिकी डलर पुगेको छ। यो संचिती अघिल्लो महिनाको तुलानामा ४.५८ बिलियन डलरले बढेको हो। कोरियाको केन्द्रिय बैंकले दिएको जानकारी अनुसार अमेरिकी मुद्राको मुल्य घ’टेपछि कोरियाको डलर बाहेकका सम्पत्तिको डलरमा रुपान्तरण गर्दा हुने भ्या’लु बढेपछि सन्चिती बढ्न पुगेको हो।
कोरियाको बिदेशी सेयरमा लगानी जुलाई अ’न्तिममा आइपुग्दा ४ सय १४.९ बिलियन डलर रहेको देखिएको छ। यो अघिल्लो महिनाको तुलनामा ४.४४ बिलियन डलरले घ’टेको हो। तर विदेशी मुद्रा डिपोजिट गत महिनाभन्दा ८.९२ बिलियन डलरले बढेको पाइएको छ। जुलाई महिना समाप्तिसम्म बिदेशी मुद्रा डिपोजिट ३०.८ बिलियन डलर रहेको देखिएको छ भने सुनको संचितीमा कुनै ब’दलाव देखिएको छैन। कोरियासँग ४.७९ बिलियन डलर मूल्य वरावरको सुन संचिती रहेको देखिएको छ। दक्षिण कोरिया विदेशी मुद्रा संचितिका हिसाबले विश्वकै आठौं ठूलो राष्ट्र हो।ईपिएस साथी