सिओल
विवाह मामिलामा नेपालजस्तै छ कोरिया । नेपालजस्तै यस अर्थमा कि वि’वाह व्या’क्तिगत छ’नौटभन्दा सामाजिक उत्तरदा’यित्वको रूपमा मानिन्छ ।
वि’वाह गर्न पनि नेपालजस्तै शहरिया र धनाड्यलाई कोरियामा सहज छ । ग्रामीण कोरियालीलाई भने नेपाली ग्रामिण भेगका युवायुवतीजस्तो विवा’ह गर्न सहज छैन ।
धेरै कोरियाली युवतीले वि’वाह गर्नै छाडेका छन् । अझ ग्रामीण क्षेत्रका युवासँग वि’वाह गर्ने विषय त झनै परको कुरा भयो । यहि स’मस्यालाई चि’र्न कोरियाली सरकारले सन् १९९० को दशकमा विदेशीसँग विवाह गर्न पाउने कानून ल्यायो । का’नूनसँगै धेरै विदेशी युवतीहरू कोरियालीसँग विवाह गरेर गए । यसरी वि’वाह गरेर जानेहरूले धेरै दुः’ख पाएको, या’त’ना भो’गेको जस्ता समाचारहरू धेरै समय चले ।
पछिल्लो समयमा केहि सकरात्मक समाचार पनि आउन थालेका छन् । कोरियाली भाषा नै नजानी त्यहाँका नागरिकसँग बि’हे गरेर गएका आ’प्रवासी श्रीमतिहरूको जीवनमा समेत परि’वर्तन आएको छ । यस्तै परिवर्नत आउनेमा एक हुन् नेपालकी सम्झना राई । ११ वर्षअघि आफ्नै आन्टीले मिलाएको ब्ला’इन्ड डे’टपछि सम्झना कोरियालीसँग युवकसँग विवाह गर्न राजी भइन् । तीन दिनभित्र बिहेको टु’ङ्गो लाग्यो । त्यहि वर्ष उनी कोरिया गइन् ।
कोरिया गएको ११ वर्षपछि उनी अहिले कोरियाली प्र’ह’रीको अधिकृत छिन् । उनले आफ्नो नाम परिवर्तन गरी कोरियाली नाम किम हाना बनाइन् । यहि नाममा अंगी’कृत नागरिकता लिइन् । र‚ त्यहि आधारमा उनले अहिले अधिकारी हुने अवसर पाइन् । ३१ वर्षे सम्झना राई अर्थात् किम हानाले बीबीसीसँग कुरा गर्दै आफू वंशज कोरियालीजत्तिकै स’क्षम भएको नठा’ने पनि आफूलाई त्यसबारे सोच्ने समय नभएको बताएकी छन् ।
सम्झना राई अहिले परराष्ट्र मामिला अफिसमा कार्यरत छिन् । उनले नेपाली र कोरियाली समुदायको पूलको रूपमा काम गरेकी छन् ।
कोरियामा वि’वाह गरेर आउने एक तिहाइ भियतनामी भएकाले आफूलाई धेरैले भियतनामी सोचेको उनले बीबीसीसँग बताएकी छन् । उनी भन्छिन्, ‘म अझै सम्झन्छु‚ जब मेरो छोरो सानो थियो‚ त्यसबेला म बसमा चढ्न लागेको थिएँ । कुनै एक पुरुषले मलाई भियतनाम आइज‚ यतै बस भन्यो ।’
सन् २००८ मा कोरियाली सरकारले बहुसांस्कृतिक सहयोग केन्द्रहरू स्थापना गरेपछि धेरै सहयोग भएको उनी बताउँछिन् । उनी भन्छिन्, ‘यहाँ ठुलो विदेशी समुदाय छ र‚ मैले आफ्नो सेवा गर्दा भिन्न भिन्न प्रकृतिका मान्छेहरूलाई पनि भेटेको छु ।
’ बीबीसीले सम्झना राई नेपालको कुन ठाउँबाट कोरिया गएकी हुन्‚ र उनका श्रीमान के गर्छन् जस्ता विषयमा भने उल्लेख गरेको छैन । तर, गृहिणीको रूपमा कोरिया प्रवेश गरेर कोरियाली प्र’हरी अधिकृत बन्नु र नेपाली अनि कोरियाली समुदायको पूल बन्नु सम्झनाका लागि ठूलो प’हिचान हो।