इपिएस पिडितले बुझाए ३५ सयकाे हस्ताक्षर, टेण्डरकाे अन्तिम तयारी

कोरिया समाचार

बासुदेव भट्ट

इपिएस पास गरि सम्पुर्ण प्रक्रिया पुरा गरेर पनि काेरिया उड्न नपाएका पिडितहरुले देशभर बाट संकलित करिब तीन हजार पाँच सय बराबर हस्ताक्षर बुझाएका छन् ।उच्च स्तर बाट पहल गरि तत्काल काेरिया पठाउन संसदीय समितिलाई सिंहदरबारमा दिउँसो इपिएस पिडितहरुले उक्त हस्ताक्षर बुझाएका हुन ।

छिटो काेरिया जान पाउ भन्दै सरकारलाई पटकपटक दबाब दिदै आएका उनीहरूले अघिल्लो हप्ता देशभर बाट हस्ताक्षर अभियान सुरु गरेका थिए । इपिएस संघर्ष समितिकाे अगुवाइमा हस्ताक्षर अभियान देशैभरी बाट संकलन गरि बुझाइएको पिताम्बर पाण्डेले जानकारी दिए । साथै आइतबार नै संसदीय समितिका सचिवकाे समन्वयमा एपिएस संघर्ष समितिका पदाधिकारीहरु वैदेशिक राेजगार विभागमा पुगेका छन् ।उक्त हस्ताक्षर समेत वैदेशिक राेजगार विभागमा बुझाइएको छ ।

फ्लाइटकाे टेण्डरकाे अन्तिम तयारी

नेपालबाट सबै प्रक्रिया पूराभएका ईपिएस कामदार लिनका लागी दक्षिण कोरिया सरकारले नेपाल सरकार सँग केही सर्त र मापदण्ड राखेको छ। ती मापदण्डअनुसार अनुसार नेपालदेखी कोरिया सिधा हवाई उडान (डाइरेक्ट फ्लाइट),कोरोना बिमा ,१४ दिन कोरियामा क्वारेन्टाइन बस्नुपर्ने र सम्पुर्ण खर्च कामदार स्वयम्ले व्यहोर्नुपर्ने छ ।ती सर्तहरू कामदार सबै सहर्ष स्विकार्न र लागेको शुल्क तिर्न तयार रहेको बताएका छन् ।

बिशेष गरेर सिधा हवाई उडान लाग्ने टिकट शुल्क पनि तिर्न तयार छौ भन्दै सबै श्रमीकहरु हस्ताक्षर सहित प्रतिबद्धता गरेर संसदीय समिति र सम्बन्धित पक्षलाई बुझाउनुपर्ने भएकालेे देशभर हस्ताक्षर अभियान सुरु गरिएको हाे ।याे हस्ताक्षर अभियानले यी सर्तहरू पुरा गर्न प्रतिबद्ध भएको प्रभाव जनाउने छ ।

याे दबाबमूलक कार्यक्रम हाे यसले केही न केही प्रभाव पर्ने छ ।सरकार पक्षले याे हस्ताक्षरलाई दबाबकाे रुपमा ग्रहण गर्ने अधिकारीहरुले जनाएका छन्।देशभर बाट जम्मा भएको हस्ताक्षर अन्य सराेकारवाला पक्षलाई पनि प्रभाव पार्ने छ ।उता इपिएस शाखाले काेरिया सरकारले राखेको सम्पुर्ण प्रक्रिया पुरा भएको र अब टेण्डर प्रक्रिया समेत हुने तयारी भएको बताएकाे छ ।

बिमा कम्पनीहरु समेत छनाैट गरिसकेको जनाउदै अब जहाज भाडाको बिषयमा टेण्डर अन्तिम चरणमा छ ।सकभर साेमबार नै टेण्डर आह्वान गर्ने अन्तिम तयारी भइरहेको छ ,वैदेशिक राेजगार विभागका एकजना अधिकारीले भने ।यी तयारी पुरा भए पछि र काेरियाले ओके गरे नेपाली श्रमिकहरु काेरिया जान पाउनेछन् ।हाम्रा खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *