सोनसिक कोरियाको महाधिवेशन सम्पन्न,अध्यक्षमा दीर्घराज जोशी !

कोरिया गतिबिधी

सिओल

कोरियामा अध्ययनरत नेपाली विद्यार्थीहरूको साझा सङ्गठन नेपाली विद्यार्थी समाज दक्षिण कोरिया (सोनसिक) मा नयॉ नेतृत्व चयन भएको छ । १८ औँ साधारण सभाबाट दीर्घराज जोशीको नेतृत्वमा नयाँ समिति चयन भएको हो ।

जोशी दक्षिण कोरियाको प्रतिष्ठित विश्वविधालयमा औषधीय रसायन विज्ञानमा विद्यावारिधी गरिरहेका छन्। जोशीसँग लामो सामाजिक कार्यको अनुभव छ । विगतमा पनि उनले सोनसिकमा सचिवको जिम्मेवारी निर्वाह गरिसकेका छन् ।

१७ औँ कार्यसमितिका सभापति राजाराम श्रेष्ठको अध्यक्षतामा सम्पन्न सभा विश्वव्यापी महामारीका रूपमा रहेको कोभिड–१९ को विषम परिस्थितिका कारण अनलाइन मार्फत गरिएको थियो।

कार्यक्रमको प्रमुख अतिथिमा नेपाली राजदूतावास सउलका कार्यवाहक राजदूत तथा उपनियोग प्रमुख रामसिंह थापा, अतिथिमा सोनसिकका संस्थापक अध्यक्ष जनार्दन लामिछाने रहेका थिए ।

साधारण सभाले उपाध्यक्षमा क्षेत्र नं १ बाट सुन्दर बरुवाल, क्षेत्र नं २ बाट विरेन्द्र नारायण साह, क्षेत्र नं ३ बाट सौगात सिवाकोटी र क्षेत्र नं ४ बाट नबिन बोहरा चयन भएका छन् ।

यस्तै सचिवमा ग्रिन्सन सर्मा, सह–सचिवमा मनिष पाण्डे, कोषाध्यक्षमा प्रदिप देवकोटा सँगै सदस्यहरूमा प्रकाश नेपाली, बिक्रम खड्का, भरत खत्री, लक्ष्मण मानन्धर, र दिवाकर चौलागाई चयन भएका छन् ।

२००४ मा स्थापना भएको संस्थाले निरन्तर नेपाली विद्यार्थीहरूको हक हितका लागी काम गर्दै, शैक्षिक सेमिनार, खेलकुद, सांस्कृतिक कार्यक्रम आदिले निरन्तर नेपाली विद्यार्थीहरू, नेपाल र कोरियन समाजलाई जोड्दै आएको छ ।

Leave a Reply

Your email address will not be published.